सामाजिक फीड-
जनकपुरधाम, मंसिर ६ गते ।
जनता समाजवादी पार्टी (जसपा)बाट मधेश प्रदेशसभा सदस्य बनेकी सञ्जिलाकुमारी यादव पद तथा गोपनीयताको शपथ लिएकी छन् । केहीदिन अघि समानुपातिक प्रदेश सांसद बनेकी उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन् ।
गत भदौ महिनामा जसपाकी समानुपातिक प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन एक समानुपातिक सांसद पद रिक्त थियो । त्यसमा केही दिनअघि जसपाले सञ्जिला कुमारी यादवलाई सांसद बनाएको थियो । उनले मैथिली भाषामा शपथ लिएका हुन् ।