रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

सामाजिक फीड –जनकपुरधाम, मंसिर २३ गते । रौतहटमा एघार हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा हलोले खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।हलो जोतिरहेका एक गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा […]
स्वतन्त्र सांसद अमरेश सिंहले एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्चमा दिए रिट

सामाजिक फीड-जनकपुरधाम, मंसिर २२ गते । स्वतन्त्र संघीय सांसद अमरेश सिंह दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गदै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै रिट दायर गरेका हुन् […]
मधेश प्रदेशको राजधानी जानकपुरसहित १२ पालिकामा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सुरु

सामाजिक फीड-जनकपुरधाम, मंसिर २२ गते । मधेश प्रदेशमा “सशक्त महिला समृद्ध नेपाल“ कार्यक्रमको शुभारम्भ भएको छ । खेलकुद तथा सामाज कल्याण मन्त्रालय, मधेश प्रदेशले बिहीबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरि सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको शुभारम्भ गरेको हो । मधेश प्रदेश,खेलकुद तथा सामाज कल्याण मन्त्रालयको समन्वयमा प्रदेशको ६ वटा जिल्लाका १२ वटा पालिकामा सञ्चालन हुने […]
धनुषामा अत्यधिक मदिरा सेवनबाट रायको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । धनुषाको सबैला नगरपालिका ३ मा बुधबार साँझ मृत फेला परेका व्यक्तिको अत्यधिक मदिरा सेवनको कारण मृत्यु भएको प्रहरी पुष्टि गरेको छ । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका थिए । दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका […]
सबैलामा एक पुरुष मृत फेला

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते । धनुषाको सबैलामा एकजना मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ४५ वर्षीय रामशंकर राय आज राति करिब ८ बजे मृत फेला परेका हुन् । स्थानीयका अनुसार उनी सबैला नगरपालिका २ स्थित नालामा मृत भेटिएका हुन् ।इलाका प्रहरी कार्यालय सबैलाको टीम घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका […]
आरती साह मृत्यु प्रकरणमा श्रीमानलाई पुनः थुनामा पठाउ सर्वोच्चको आदेश

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते । आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनका पति मोतीबाबु साहलाई पुपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।यसअघि गत असोज १८ गते जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका […]
चुरेको अवैध दोहन रोक्न काँग्रेस सिरहाको माग

रासस-सिरहा, मंसिर २० गते । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको […]
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु
एजेन्सी-जनकपुरधाम, मंसिर १९ गते । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखीमा परेर कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अझै बेपत्ता भएको बताइएको छ । पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरूलाई अस्पताल लगिएको […]
आज प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर १९ गते । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज महोत्तरी आउन लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड आज महोत्तरीको गौशालामा आयोजना गरिएको माओवादी केन्द्रको मधेश प्रदेश पार्टी प्रशिक्षणका लागि आउन लागेका हुन् । आज बिहान ९ बजेको विमानबाट जनकपुर विमानस्थल आउने र त्यहाँबाट सिधै कार्यक्रम स्थल जाने माओवादी धनुषाका […]
भारतको मणिपुरमा भएको हिंसात्मक झडपमा १३ जनाको मृत्यु

रासस-जनकपुरधाम, मंसिर १८ गते । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो। ‘सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ। […]