सामाजिक फीड-
जनकपुरधाम, मंसिर १९ गते ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज महोत्तरी आउन लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड आज महोत्तरीको गौशालामा आयोजना गरिएको माओवादी केन्द्रको मधेश प्रदेश पार्टी प्रशिक्षणका लागि आउन लागेका हुन् ।
आज बिहान ९ बजेको विमानबाट जनकपुर विमानस्थल आउने र त्यहाँबाट सिधै कार्यक्रम स्थल जाने माओवादी धनुषाका नेता दिपक यादवले जानकारी दिए । आज माओवादी नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि महोत्तरीमा भेला हुँदै छन् ।