काँग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा हुँदै, देउवा आउँदै

सामाजिक फीडजनकपुरधाम, पुस ५ गते । नेपाली काँग्रेसका मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि जनकपुरधाममा हुँदै छ । जनकपुरधामको तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उदघाटन गर्न काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता जनकपुर आउन लागेका छन् । उदघाटन सत्रमा सहभागी हुन मधेश प्रदेशको आठवटै जिल्लाहरुबाट हजारौंको संख्यामा नेता कायर्ककर्ता जनकपुरधाम आउन लागेको काँग्रेसका प्रदेश सभापति कृष्ण […]
नदी अवैध दोहन गरेको आरोपमा सिरहामा प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सिरहामा नदीको अवैध दोहन गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर भएको छ । कानून विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिट्टी, वालुवा उत्खन्न गरे÷गराएको अभियोगसहित धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसहित १८ जनाविरुद्ध डिभिजन वन कार्यालय लहान सिरहाले मुद्दा दायर गरेको हो […]
काँग्रेसको मधेश प्रदेश सम्मेलनको भोलिदेखि जनकपुरमा, देउवासहितका नेता आउँदै

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । भोलिदेखि जनकपुरधाममा हुने नेपाली काँग्रेसका मधेश प्रदेशको प्रथम सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरको तरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए । बुधबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले उदघाटन […]
उखुको प्रतिक्वीन्टल मूल्य ५६५ रुपैयाँ

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सरकारले उखुको खरिद मूल्य प्रतिक्वीन्टल ५६५ रुपैयाँ तोकेको छ । बुधबार बिहान बसको मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य प्रतिक्वीन्टल ५६५ रुपैयाँ निर्धारण गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार अनुदानसहित भने किसानले प्रति क्वीन्टल ६३५ रुपैयाँ पाउने छन् । अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु […]
बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको […]
चीनमा भूकम्प जाँदा ११८ जनाको मृत्यु, दुईसय भन्दा बढी घाइते

बीबीसी-जनकपुरधाम, पुस ३ गते । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु हुनुका साथै २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। गान्सु प्रान्तमा मध्यराति ६।२ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ। उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन्। मृतककको […]
विवाहपञ्चमीमा जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, पुस ३ गते । विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह गराइएको छ । विश्व हिन्दु परिषद नेपालको आयोजनामा सोमबार साँझ २१ जोडीको सामूहिक विवाह सम्पन्न भएको हो । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको अन्तिम दिन पाँचवर्षदेखि परिषदले सामूहिक विवाहको आयोजन गर्दै आएको छ । जस अन्तर्गत पाँचौ वर्ष पनि परिषदले २१ जोडीको सामूहिक […]
रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

सामाजिक फीड– जनकपुरधाम, पुस २ गते । रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । राम र जानकीको विवाह पश्चात जन्तीको रुपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन गराई बिदाई गर्ने परम्परा छ । आज पनि जानकी मन्दिर प्रांगणमा साधुशन्तलाई मिष्टान भोजन गराई दाणदक्षिणा दिएर ससम्मान बिदाइ गरिएको छ । यसलाई राम कलेवा […]
विवाहपञ्चमीका दर्शनार्थीको चापले २ दिन रेल अनटाइमली संचालन, भंगहासम्मको सेवा बन्द

सामाजिक फीड-जकपुरधाम, पुस २ गते । सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनको चापलाई लक्षित गरी दुईदिनका लागि भंगहासम्मको रेल सेवा बन्द भएको छ । त्यसैगरी जकपुर जयनगर सेवा बिना तालिका आज र भोलि संचालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका प्रवन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा बन्द […]
सीता र सामको विवाह सम्पन्न, आज जन्ती आएका साधुशन्तको बिदाई

टुडेपाटी-जनकपुरधाम, पुस २ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी अन्तर्गत आईबार राति राम र सीताको विवाह सम्पन्न भएको छ । जानकी मन्दिरमा बनाइएको विवाह मण्डप (मरबा) मा मैथिली परम्परा अनुसार सीता र रामको विवाह भएको हो । साँझदेखि चलेको विवाहको विधि रातभरि चलेको थियो । विवाह अघि आईतबार दिउँसो राम र जानकीको डोला फेर गरी बाह्रविघा […]