Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

भोलिदेखि जनकपुरधाममा हुने नेपाली काँग्रेसका मधेश प्रदेशको प्रथम सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरको तरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए ।

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले उदघाटन सत्र बिहीबार र शुक्रबार बन्द सत्र हुने बताए । उनले सम्मेलनको उदघाटन सत्रमा केन्द्रीय सभापति शेरबहादुर देउवा लगायतका शीर्ष काँग्रेस नेताहरु सहभागी हुने जानकारी दिए ।

सम्मेलनको उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट नेताकार्यकर्ताको बाक्लो उपस्थिति हुने र बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पूर्वसन्ध्यामा बुधबार बसको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट संशोधनसहित पारित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *