सामाजिक फीड
जनकपुरधाम, पुस ५ गते ।
नेपाली काँग्रेसका मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि जनकपुरधाममा हुँदै छ । जनकपुरधामको तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उदघाटन गर्न काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता जनकपुर आउन लागेका छन् ।
उदघाटन सत्रमा सहभागी हुन मधेश प्रदेशको आठवटै जिल्लाहरुबाट हजारौंको संख्यामा नेता कायर्ककर्ता जनकपुरधाम आउन लागेको काँग्रेसका प्रदेश सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए ।
भोलि बिहानदेखि बन्द सत्र सुरु हुने छ । जसमा मधेश प्रदेशका ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने सभापति यादवले जानकारी दिए ।