Samajik Feed – News Portal from Nepal

सर्लाहीमा ७ किलो गाँजासहित दुई भारतीय पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १६ गते । सर्लाहीबाट लागूऔषध ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष रहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए […]

रामदेवको पतञ्जली आयुर्वेद औषधिको विज्ञापनमा रोक

एजेन्सी-जनकपुरधाम, फागुन १५ गते । बाबा रामदेवको पतञ्जलीको आयुर्वेद औषधि उपचार विज्ञानपमा भारतीय सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार अदालतले पतञ्जलीका विज्ञापन भ्रामक भएको भन्दै स्वास्थ्य र रोगव्याध सम्बन्धी सबै विज्ञापनमाथि रोक लगाउने आदेश दिएको हो । अदालतले पतञ्जलीका हाल भइरहेका विज्ञापनमा रोक लगाउनुका साथै आगामी दिनमा पनि यस्ता विज्ञापन गर्न नपाउने भनेको छ […]

अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि धनुषामा कार्यरत दुई प्रहरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १४ गते । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादव पक्राउ परेका हुन् । आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न […]

कमला नदीमा पक्की पुलको शिलान्यास गर्दै प्रधानमन्त्रीले भने ‘आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ’

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने […]

सीमामा अपराध नियन्त्रण गर्ने नेपाल र भातरका सुरक्षा अधिकारीबीच समझदारी

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । नेपाल र भारतका सुरक्षा अधिकारीले दशगजामा अपराध नियन्त्रण गर्ने समझदारी गरेको छ । भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा र अपराध न्यूनिकरणको विषयमा छलफल तथा समझदारी भएको हो । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी भएको छलफलमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियमानुसार […]

सर्लाहीबाट ११६ किलो गाँजासहित एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । सर्लाहीबाट ११६ किलो अवैध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका ३ नयाँ बस्ती चौकबाट पूर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ का ३० वर्षीय सूर्य परियारलाई प्रहरीले कारमा लुकाइ राखेको गाँजासहित पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार परियारलाई सर्लाहीको बागमती नगरपालिका […]

पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । बाराको पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका ३ पटेर्वाका ३० वर्षीय कृष्ण साह बनिया र ३५ वर्षीय राजु साह बनिया छन् । दुबैजना मोटरसाइकलमा सवार भएर जाँदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ दुधावरा पुल नजिक बाघले आक्रमण […]

सर्लाहीमा मजदुर सवार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, ७ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । सर्लाहीमा मजदुर सवार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह थारुका अनुसार मृत्यु हुनेमा ट्याक्टर धनीसमेत रहेका चालक बाराको गढीमाई नगरपालिका ९ का ५५ वर्षीय जयलाल सहनी र मजदुर […]

स्थिति समान्य भएपछि रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू हट्यो

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ । आज (बुधबार) साँझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू पूर्ण रुपमा हटाएको हो । गत शनिबार सरस्वतीको मुर्ति बिर्सजन गर्ने क्रममा ईशनाथ नगरपालिका ७ घिउरा टोलमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । दंगा भड्किने सम्भावना देखेपछि […]

रौतहटमा तीन राउण्ड हवाई फायर गर्दै सालको काठ बरामद

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । रौतहटमा वन सुरक्षा गस्ती टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोलीले तीन राउण्ड हवाई फायर गर्दै अवैध तीनथान काठकाठको गोलिया बरामद गरेको हो । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले […]