इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा

काठमाडौँ, चैत १९ गते । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो । तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध फेरि एकपटक ठूलो प्रदर्शन भइरहेको छ । इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन् । जेरुसेलममा हजारौं प्रदर्शनकारीहरूले […]
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

जनकपुरधाम, चैत १८ गते । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, […]
सिरहामा एसईईमा गणित विषयको प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । सिरहामा एसईई परीक्षा अन्तर्ग आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १३ का १८ वर्षीय पप्पु कुमार सिंह छन् । उनलाई सुखीपुर नगरपालिका ७ स्थित रजै माध्यमिक विद्याल बलही परीक्षा केन्द्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।सिहरा प्रहरीका […]
कास्की जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

कास्की, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो। मृतकको पहिचान खुल्न सकेको छैन। […]
काठमाडौंमा महिला मृत फेला

काठमाडौं, १८ चैत । काठमाडौंमा आइतबार एक महिला मृत फेला परेकी छन्। काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ। Shailendra Kranti
मान्छेले जनावरलाइ सार्छन् दुइगुना बढी भाइरस

काठमाडौं, १८ चैत । मानिसमा धेरै घातक र घातक रोगहरू पशुबाट आएको भनिन्छ। भाइरस जनावरबाट मानिसमा सर्छ भनिदै आएको छ। उदाहरणका लागि एड्सका लागि जिम्मेवार भाइरस चिम्पान्जीबाट मानिसमा आएको हो। त्यस्तै, कोभिड–१९ को महामारी चमेरोबाट मानिसमा सरेको भनिएको छ । तर यो सिक्काको एउटा पाटो मात्र हो । मानिस यस मामिलामा जनावरभन्दा धेरै अगाडि रहेका […]
वीरगंजमा अबैध कल सेन्टर संचालन गर्ने दुई चिनिया नागरिक पक्राउ

बिरगञ्ज, चैत १७ । वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे । कल सेन्टर संचालन गरेर अवैध काराेबार संचालन गर्ने दुई चिनिया […]
निजगढ विष्फोट घटनामा पक्राउ परेका पाँचजना धरौटीमा रिहा

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । जिल्ला अदालत बाराले निजगढ विष्फोटनको घटनामा दोषि देखिएका सबै जना धरौटीमा रिहा भएका छन्। अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका […]
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना ५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट नदीमा खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको […]
सिरहाबाट सईईमा अमर्यादित गतिविधि गर्ने तीनजना पक्राउ

सामाजिकफीडजनकपुरधाम, चैत १६ गते । सिरहमा एसईईमा अमर्यादित गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् । दोश्रो दिन शुक्रबार भएको नेपाली विषयको परीक्षामा नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका ५ का १६ वर्षीय अर्जुन महरा छन् । मिर्चैयानगरपालिका १ स्थित शारदा माध्यमिक विद्यालय रामपुर बिर्ता परीक्षा केन्द्रमा जन सेवा माध्यमिक विद्यालय कर्जन्हाको सिम्बल नं ०१६०२०७३ (ई) को परीक्षार्थी […]