धनुषामा मृत फेला परेका युवकको पहिचान

सामाजिक फीड-जनकपुरधाम, वैशाख १८ गते । धनुषामा सोमबार बिहान मृत फेला परेका युवकको पहिचान खुलेको छ । मृतक युवक भारतको विहार मधुवनी जिल्लाको बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेका प्रहरीले जनाएको छ । सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ जटही स्थित आँपको बगैंचामा उनको वेवारिशे शव फेला परेको थियो । धनुषाका […]
इलाम क्षेत्र नं. २ बाट एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ विजयी

सामाजिक फीड-जनकपुरधाम, वैशाख १८ गते । इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उप निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७ हजार ७७२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादर खड्काले २१ हजार ९४२ मत पाएका छन् । उक्त क्षेत्र नेकपा एमाले संसदीय दलका उपनेतासमेत […]
जनकपुरधामबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद

सामाजिक फीड-जनकपुरधाम, वैशाख १७ गते । धनुषाबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद भएको छ । आज साँझसाढे ६ बजेको समयमा जनकपुर उप–महानगरपालिका ४ स्थित सडक खण्डमा दक्षिण भारतबाट नेपाल तर्फ भन्सार छली आउँदै गरेको ज. १ च. ८७४ नम्बरको पिकअप बरामद गरेको हो । अन्दाजी ४६८ किलोग्राम ब्रोइलर कुखुरकासहित पिकअप नियन्त्रणमा लिएको र चालक फरार भएको […]
रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट , बैशाख- १७ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ। आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका […]
रौतहटमा भुस र पराल जलेर नष्ट

रौतहट, वैशाख १६ गते । रौतहटको यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ । यमुनामाई १ जेठरहिया गाउँका राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै […]
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं, १६ बैशाख । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाका अनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका […]
जनकपुरको एक निजी हस्पिटलमा युवक २४ दिनदेखि बन्धक, भौतारिँदै आमाबुबा

सामाजिक फीड-जनकपुरधाम, वैशाख १६ गते । जनकपुरधामको एक निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक युवक २४ दिनदेखि बन्धक बनेका छन् । जनकपुरधामको ब्रह्मपुरी स्थित मधेश प्रदेश प्रहरी कार्यालयको सामुन्ने रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा २२ वर्षीय रामविनय महरा २४ दिनदेखि बन्धक बनेका हुन् । जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने रामविनय गत चैत […]
सर्लाहीमा घरको छतमा सुतिरहेका एक पुरुषको खसेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख १५ गते । सर्लाहीमा घरको छतमा सुतिरहेका एकजना पुरुषको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मलङ्गवा नगरपालिका–१० का ४५ वर्षीय सन्तोष राउत छन् । मलङ्गवा नगरपालिका–९ स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका राउत आज बिहान घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु […]
धनुषामा टेन्ट घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति

सामाजिक फीडजनकपुरधाम, वैशाख १५ गते । धनुषामा टेन्टको सामाना राख्ने घरमा आगलागी हुँदा ६ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको टेन्टको सामान राख्ने घरमा गएराति साढे १० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, लत्ताकपडा, अन्नपात, नगद गरी […]
जनकपुरमा ७ लाख बढी मूल्यका भन्सार छलीका सामान बरामद

जनकपुरधाम, वैशाख १४ गते । जनकपुरधामको बीच बजारबाट प्रहरीले ७ लाख भन्दा बढी मूल्यको भन्सार छलीका अवैध सामान बरामद गरेको छ । जानकीचोकीबाट खटेको प्रहरी टोलिले जनकपुरधाम स्थित महावीर चोकबाट दुईवटा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको भन्सार छलिका लत्ताकपडा र किरानाको समामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुनसार लत्ताकपडा, किरानको सामान ७ लाख […]