Samajik Feed – News Portal from Nepal

स्वास्थ्यमन्त्री बने अशोक राई नेतृत्वको जसपाका प्रदीप यादव

काठमाडौं, वैशाख ३१ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए । नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जनता समाजवादी […]

जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, वैशाख ३० गते । जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर रहेको धनुषा प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको छ । दुवैजनाको साथबाट लुटेको ८० लाख मध्ये १४ लाख ५३ हजार बरामद गरेको प्रहरीले जनाएको छ । गत […]

धनुषाबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, वैशाख ३० गते । धनुषाबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए । उनका अनुसार दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम […]

बञ्चरो प्रहार गरी र्दुइजनाको जनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, वैशाख २९ गते । दाङमा बञ्चरो प्रहार गरी र्दुइजनाको जनाको हत्या भएको छ । घोराही उपमहानगरपालिका १० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ घर भएकी ४४ वर्षीया संगीता सुनारको हत्या भएको हो । शनिबार बेलुकी करिब ५ बजे बञ्चरो प्रहारबाट दुबैजनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी […]

धनुषाको कमला नदीको तटमा विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी

सामाजिक फीडजनकपुरधाम, वैशाख २८ गते । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । आज साँझहवन गर्ने मुख्य मण्डपमा आगलागी हुँदा श्रद्धालुहरुको भागाभाग भएको छ। बाँस र खरको प्रयोग गरि निर्माण गरिएको हवन मण्डपमा आगो लाग्दा पूर्णरुपले जलेको छ । श्रद्धालुको भागदौडमा लडेर एक […]

भारत तमिलनाडुको पटाका कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, वैशाख २७ गते । भारतको तमिलनाडुको एक पटाका कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको शिवकाशीमा रहेको पटाका कारखानामा आगलागीमा मृत्यु हुनेमा पाँच महिला छन्। दमकलका कर्मचारीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीमा परी घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ। Shailendra Kranti

सप्तरीमा बैंक लुट्न सुरक्षा गार्डको हत्या

सामाजिक फीड-जनकपुरधाम, वैशाख २७ गते । सप्तरीमा सप्तकोशी नगरपालिक–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ ।सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा ५५ वर्षीय पर्शुराम फुँयालको बुधबार राति ३ बजेर १८ मिनेटमा हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । एनका अनुसार सिसीटिभी फुटेजमा एकजना व्यक्ति बैंक लुट्ने उद्देश्यले […]

धनुषामा करेन्ट लागेर घाँस लिन गएका युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख २७ गते । धनुषामा घाँस लिन गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घाँस लिन निस्केका अमरेशको शव आज बिहान स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका […]

धनुषामा ५ लाखभन्दा बढी रकम ओसार्न वित्तीय संस्थाले पालना गर्नुपर्छ यस्तो नियम

सामाजिक फीड-जनकपुरधाम, वैशाख २६ गते । धनुषा बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार पोसार गर्न नयाँ नियम अपनाउनु पर्ने भएको छ । अब बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार्न सुरक्षाकर्मी र बैंक गार्डका साथै चार पाङ्ग्रे गाडी र बाकसमा ताल्चा लगाएर ल्याउनुपर्ने नियम लगाइएको हो । जिल्ला प्रहरी कार्यालय […]

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने

काठमाडौं, २६ वैशाख ।  सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।  दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार  बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ ।  बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्त सहभागी थिए ।  समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै […]