Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, वैशाख २९ गते ।

दाङमा बञ्चरो प्रहार गरी र्दुइजनाको जनाको हत्या भएको छ । घोराही उपमहानगरपालिका १० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ घर भएकी ४४ वर्षीया संगीता सुनारको हत्या भएको हो ।

शनिबार बेलुकी करिब ५ बजे बञ्चरो प्रहारबाट दुबैजनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए ।

हत्या गरेको आरोपमा प्रहरीले रोल्पाको थवाङ गाउँपालिका २ घर भई घोराही उपमहानगरपालिका १७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *