Samajik Feed – News Portal from Nepal

सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, फागुन २८ गते । सर्लाहीबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट पक्राउ परेका उनीहरू नक्कली नोट बनाउन र फैलाउन संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल […]

मालपोत कार्यालय महोत्तरीका कर्मचारीसहित दुईजना घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते गते । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले उनीहरूलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । आयोगका अनुसार, पुख्र्यौली जग्गाको नक्सा सुधार र ट्रायल चेकमार्फत नयाँ कायम भएको जग्गाको पुर्जा बनाउन […]

मधेशका गृहमन्त्रीको पीएसओ यादवको मृत्यु

सामाजिक फीड– जनकपुरधाम, फागुन २७ गते मधेश सरकारका गृह, संचार र कानुन मन्त्री राजकुमार लेखीका सुरक्षा व्यवस्थामा कार्यरत प्रहरी सहायक निरीक्षक बिरेन्द्रकुमार यादवको मृत्यु भएको छ। आइतबार राति ११ बजेको समयमा अचानक पेट र छातीमा दुखाइ भएपछि यादवलाई स्थानीय अस्पतालमा पुर्‍याइएको थियो। त्यसपछि थप उपचारको लागि उनलाई नोवेल अस्पताल विराटनगर लैजानु परेको थियो, जहाँ उपचारको […]

नागरिक उन्मुक्ति पार्टीसहितका विचार मिल्नेसँग एकीकरण गर्न जनमतले बनायो कार्यदल

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार तथा सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ । बर्दिबासमा दुईदिन चलेको जनमतको बैठकबाट अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरिएको हो । बैठकले केन्द्रीय सदस्यहरू तथा पर्यवेक्षकहरूको कार्यप्रगति मूल्याङ्कन गरी आगामी दिनमा उनीहरूलाई […]

सिरियामा १४ वर्ष यताकै ठूलो हिंसामा एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी-जनकपुरधाम, फागुन २६ गते । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएको भिडन्तरमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ ।यो सिरियामा […]

मधेशको ५८ वटा निजी अवैध अस्पताल बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । मधेश प्रदेश सरकारको निर्देशनमा अवैध ५८ जटा निजी अस्पताल बन्द भएको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्दा कानून विपरीत सञ्चालित ५८ अस्पताल बन्द भएको हो । मुख्यमन्त्री सिंहले धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा जिल्लाका ९६ वटा निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अनुगमन गरेका […]

जनकपुरमा आफ्नै घरमा बसेर यी मधेश सांसदहरु सरकारबाट लिन्छन् घरभाडा रकम

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । जनकपुरधाममै घर भएका मधेस प्रदेशसभाका सदस्यहरूले पनि घरभाडा बापत मासिक रूपमा रकम लिने गरेका छन् । नेपाली कांग्रेसका धनुषा–३ (१) का सांसद रामसरोज यादवको घर प्रदेशसभा भवनबाट डेढ किलोमिटरभन्दा कम दूरीमा रहेर पनि उनले मासिक १५ हजार रुपैयाँ घरभाडा बापत बुझ्ने गरेका छन् ।उनी जस्तै नेकपा एमालेका संसदीय दलका […]

प्रचण्ड बालेनको पुर्ख्यौली घरमा पुगेर भने- ‘रमाइलो महसुस भयो’

सामाजिक फीड-जाकपुरधाम, फागुन २२ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तराई–मधेश जागरण अभियान अन्तर्गत महोत्तरी पुगेका छन्। अभियानकै क्रममा उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पुर्ख्यौली घरमा समेत पुगेका छन्। महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेनको पुर्ख्यौली घरमा आयोजित स्वागत कार्यक्रममा प्रचण्ड सहभागी भए। कार्यक्रममा बोल्दै उनले उक्त स्थानमा आउँदा रमाइलो महसुस […]

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

सामाजिक फीड-जनकपुरधाम, फागुन २१ गते । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको छ । मंगलबार जनकपुरधाममा बसेको विश्वविद्यालय सभाले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्यीय समितिले ७ असोजमा बुझाएको प्रतिवेदनको आधारमा उनीहरू विश्वविद्यालयका […]

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रुसको प्रतिक्रिया ‘शान्तिको लागि सबैभन्दा ठूलो योगदान’

एजेन्सी-जनकपुरधाम, फागुन २१ गते । युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ । बीबीसीसँग कुरा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल गराउन दबाब दिने बताएका छन् । उनले भने- ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल […]