सामाजिक फीड-
जनकपुरधाम, माघ २५ गते ।
मधेश प्रदेश सरकारको निर्देशनमा अवैध ५८ जटा निजी अस्पताल बन्द भएको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्दा कानून विपरीत सञ्चालित ५८ अस्पताल बन्द भएको हो ।
मुख्यमन्त्री सिंहले धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा जिल्लाका ९६ वटा निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अनुगमन गरेका थिए । त्यस क्रममा ७५ प्रतिशत अस्पताल कानून विपरीत सञ्चालन रहेको पाइएको छ ।
९६ वटा निजी अस्पतालको अनुगमन गर्दा १५ वटा अस्पताल मात्र कानून सम्मत तरिकाले सञ्चालन भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अधिकांश अस्पतालहरू कानून विपरीत सञ्चालनमा रहेको पाइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
अवैध अस्पतालहरु मुख्यमन्त्री सतिश सिंहको निर्देशनमा बन्द भएको उनले बताए ।