सामाजिक फीड–
जनकपुरधाम, फागुन २७ गते
मधेश सरकारका गृह, संचार र कानुन मन्त्री राजकुमार लेखीका सुरक्षा व्यवस्थामा कार्यरत प्रहरी सहायक निरीक्षक बिरेन्द्रकुमार यादवको मृत्यु भएको छ। आइतबार राति ११ बजेको समयमा अचानक पेट र छातीमा दुखाइ भएपछि यादवलाई स्थानीय अस्पतालमा पुर्याइएको थियो। त्यसपछि थप उपचारको लागि उनलाई नोवेल अस्पताल विराटनगर लैजानु परेको थियो, जहाँ उपचारको क्रममा राति १२ बजे उनको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए अनुसार, राति पेट र छातीमा दुखाइ सुरु भएपछि उनलाई स्थानीय अस्पतालमा लगिएको थियो र पछि विराटनगरको नोवेल अस्पतालमा थप उपचार गर्दा राति १२ बजे मृत्यु भएको जानकारी दिइएको हो।
सिरहाको सिरहा नगरपालिका २५ सुखचैना घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो।