Samajik Feed – News Portal from Nepal

सर्लाहीमा ट्रकले किच्दा दिदीको मृत्यु, बहिनी घाइते

सामजिक फीड-जनकपुरधाम, चैत २९ गते । सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा शुक्रबार बिहान ट्रकले किच्दा एक किशोरीको मृत्यु भएको छ भने उनकी बहिनी घाइते भएकी छन् । ईश्वरपुर नगरपालिका–१३, श्रीनगरकी १७ वर्षीया अन्जलीकुमारी महतो साइकल चलाइरहेकी बेला श्रीनगरबाट धनकौलतर्फ गइरहेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले […]

रौतहटमा ट्याक्टरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

सामाजिक फीड-रौतहट, चैत २९ गते । रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका स्थित ट्याक्टरले मोटरसाईकल लाई ठक्करदिदाँ मोटरसाईकलमा सवार श्रीमतिको  मृत्यु भएको छ  भने चालक श्रीमान घाईते भएका छन्। गएराती मौलापुरबाट गम्हरिया गाँउ तर्फ गईगरेको प्रदेश २–०३–००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आईरहेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर ३ नौलाखा गेट नजिकै ठक्कर दिएको […]

दुर्गा प्रसाईं पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २८ गते । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । तीनकुने घटनाका क्रममा उनले प्रहरीमाथि गाडी चलाएका थिए र त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरी उनको तिव्र […]

गाँजा र चरेससहित पर्साबाट चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २८ गते । दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनको साथबाट दुई किलो गाँजा […]

बागमती खोलामा डुबेर एक युवकको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत २७ गते । बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीको बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजा छन् । बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर […]

अब मधेश सरकार एक करोडभन्दा कमको योजना नराख्ने

सामाजिक फीड जनकपुरधाम, चैत २६ गते । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कमका आयोजना तथा कार्यक्रम वार्षिक बजेटमा नसमेट्ने निर्णय गरेको छ। मधेश सरकार गठनपछि पहिलोपटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा ‘अब वार्षिक कार्यक्रममा समावेश गरिने सबै आयोजनाको न्यूनतम लागत एक करोड रुपैयाँ हुनुपर्ने’ नीतिगत […]

सिरहामा बोरामा भेटिएको शव बालिका गुलसनाको रहेको पुष्टि, एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २५ गते । सिरहाको घुर्मीखोला किनारमा बोरा भित्र राखेर गाडिएको अवस्थामा भेटिएको शवको पहिचान भएको छ । शव गोलबजार  नगरपलिका -९ गोबिनपुर बस्ने बेचन अलीको १३ वर्षीया गुलसना खातुनको रहेको सिरहा प्रहरीले जनाएको छ । खातुनको खेतमा थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको पुष्टि भएको छ । फागुन २९ गतेदेखि नै घरबाट […]

रवि लामिछाने कारागार चलान

सामाजिक फीड-जनकपुरधाम, चैत २५ गते । अन्ततः तीन दिनको प्रहरी हिरासत पछि  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि भैरहवास्थित कारागारमा पठाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जानकारी […]

आज रामनवमी मनाइँदै, सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, चैत २४ गते चैत्र शुक्ल नवमीका अवसरमा आज भगवान् श्रीरामको जन्मोत्सव रामनवमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरू आजको दिनलाई भगवान् रामचन्द्रको अवतरण दिवसका रूपमा विशेष पूजा–आराधना, व्रत, जप, पाठ र भजनकीर्तन गरेर मनाउने परम्परा छ। धार्मिक विश्वास अनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका जेठा सुपुत्रका रूपमा श्रीरामको जन्म चैत्र […]

मधेश सरकारको योजना चिठीको बिक्रीबारे छानबिन समिति गठन हुने

सामाजिक फीड- जनकपुरधाम, चैत २१ गते । मधेश सरकारको योजना खरिदविक्री बारे छानविन समिति गठन हुने भएको छ । प्रदेशसभामा जारी गतिरोध अन्त्य गर्न दलहरूबीच छानविन समिति गठनसहित तीन बुँदे सहमति जुटेको छ । आज बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले योजना चिठीको अनधिकृत बिक्री र वितरण सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्ने निर्णय […]