Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २८ गते ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

तीनकुने घटनाका क्रममा उनले प्रहरीमाथि गाडी चलाएका थिए र त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरी उनको तिव्र खोजीमा लागेको थियो ।

यसबीचमा प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरू पोस्ट गर्दै आफू फरार नभएको दाबी गर्दै आएका थिए । तर, सामाजिक सञ्जालमा सक्रिय देखिए पनि प्रहरी उनलाई ट्र्याक गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो ।
प्रदर्शनका क्रममा उत्पन्न हिंसात्मक स्थितिका कारण दुई जनाको ज्यान गएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *