Samajik Feed – News Portal from Nepal

सिरहामा किशोरीको शव अर्कै परिवारले जलाएको घटना छानविन गर्न समिति

सामाजिक फीड-जनकपुरधाम, माघ १४ गते । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा शव साटिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनबाट सिर्जित तनावलाई मध्यनजर […]

काँग्रेस–एमाले गठबन्धनबाट मधेशमा चार राष्ट्रिय सभा सदस्य निर्वाचित

सामजिक फीड-जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा रिक्त रहेका चार राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनबाट नेपाली काँग्रेसका दुईसहित चार जना उम्मेदवार निर्वाचित भएका छन्। महिला, अपाङ्ग तथा अल्पसंख्यक, दलित र अन्य क्लस्टरबाट सदस्य निर्वाचित भएका हुन् । महिला क्लस्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । उनले ७ हजार […]

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय सभामा मधेस प्रदेशबाट रिक्त रहेका चार सिटका लागि भोलि (माघ ११ गते आइतबार) निर्वाचन हुन लागेको हो । मतदान अधिकृतको कार्यालयका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। महेन्द्रनारायण निधि मिथिला संस्कृति […]

काँग्रेसले माघ १६ गते जनकपुरमा चुनावी सभा गर्ने

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । नेपाली कांग्रेसले आगामी माघ १६ गते जनकपुरधामम प्रदेशस्तरीय चुनावी सभा गर्ने भएको छ । पहिलोपटक मधेशमा चुनावीसभा गरेर उसले चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने काँग्रेसका मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए । सभाको लागि […]

आज विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

सामाजिक फीडजनकपुरधाम, फागुन ९ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै […]

मधेशका चार प्रदेश सांसद राजिनामा दिएर एमाले उम्मेदवार बन्दै

सामाजिक फीड-जनकपुरधाम,माघ ४ गते । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार जना प्रदेश सांसद प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । यीमध्ये दुई जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा एक जना पूर्वसभामुख रहेका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय […]

लेटाङमा १० दिने सडक सवारी सुरक्षा अभियान

सामाजिक फीड- जनकपुरधाम, माघ ३ गते । मोरङको लेटाङ नगरपालिका क्षेत्रभित्र “सडक अनुशासन तथा सवारी सुरक्षा अभियान–२०८२” सुरु भएको छ । इलाका प्रहरी कार्यालय, लेटाङले माघ १ गतेदेखि माघ १० गतेसम्मको लागि सञ्चालन गरेको अभियानमा सडक सुरक्षा सम्बन्धि ठाउँबाट संकेतसहितको होडिङ्बोर्ड, पर्चा वितरण, सचेतना कक्षा, चम्किलो स्टिकर टास्ने लगायतको काम गरिने जनाएको छ । सडक […]

९ बुँदे घोषणापत्र जारी गर्दै महासंघको मधेश प्रदेश सम्मेलन सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको मधेश प्रदेश सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा सोमबार सम्पन्न सम्मेलनले नेपाली पत्रकारिता गम्भीर चुनौतीको चरणमा प्रवेश गरेको निष्कर्ष निकालेको छ । सम्मेलनबाट जारी घोषणापत्रमा पत्रकारहरूको प्रविधिमैत्री क्षमता विकास, पत्रकार पलायन रोकथाम, आचारसंहिता […]

सहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवस

सामाजिक फीड- जनकपुरधाम, पुस २७ गते । साहसी महिला पत्रकार उमा सिंहको निर्मम हत्या भएको आज १७ वर्ष पुगेको छ । सहिद पत्रकार सिंहको १७औँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज बिहान पत्रकारहरूका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । साथै, आज साँझ […]

कर्जन्हा र गोलबजार क्षेत्रको भूमिगत जल अध्ययन : जल सतह घट्दो

सामाजिक फीडजनकपुरधाम, पुस २४ गते । तराई–मधेश क्षेत्रमा भूमिगत जलको सतह निरन्तर घट्दै गएको एक अध्ययनले देखाएको छ । मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, वेल्ट हङ्गर हिल्फे र सबल नेपालको आयोजनामा बुधबार कर्जन्हा र गोलबजार क्षेत्रमा गरिएको भूमिगत जल अनुगमन तथा पुनर्भरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ता प्रतापसिंह तातेरका […]