Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, पुस २७ गते ।

साहसी महिला पत्रकार उमा सिंहको निर्मम हत्या भएको आज १७ वर्ष पुगेको छ । सहिद पत्रकार सिंहको १७औँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

यस अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज बिहान पत्रकारहरूका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । साथै, आज साँझ श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिने महासंघ धनुषा शाखाका अध्यक्ष पुरण गुप्ताले जानकारी दिए ।

वि.सं. २०६५ पुस २७ गते राति जनकपुरधामस्थित रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार उमा सिंहको जनकपुर नगरपालिका–१४ रजौलस्थित डेरामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *