Samajik Feed – News Portal from Nepal

लघुवित्त पीडितहरु सिरहामा रामार्ग अवरुद्ध गरी प्रदर्शन गर्दै

सामाजिक फीड-जनकपुरधाम, असार ७ गते । सिरहामा लघुवित्त पीडितहरुले पूर्व पश्चिम रामार्ग अवरद्ध गरेका छन् ।सिरहाको लहानमा बलान पुल नजिक बिहान साढे ७ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।पूर्व निर्धारित कार्यक्रम अनुसार लुघुवित्त पीडितहरुले आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका छन् । लघुवित्त संस्था खारेज गर, लघुवित्त पीडितहरुको ऋण मिनाहा गर लगायतका […]

धनुषामा आएमईमा चोरी गरेको आरोपमा दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार ६ गते । धनुषामा आइएमईभित्र चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका वडा नम्बर–९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र वडा नम्बर–५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुबैजनाले गत सोमबार राति १० बजे हंसपुर नगरपालिका […]

मास्टर सेफ सन्तोषद्वारा जनकपुरमा मिथिला थाली होटल संचालन

सामाजिक फीड-जनकपुरधाम, असार ६ गते । अन्तराष्ट्रियस्तरमा ख्याति कमाएका मास्टर सेफ सन्तोष साहले जनकपुरधाममा ‘मिथिला थाली’ होटल संचालनमा ल्याएका छन् । मिथिला खाना परिकार सहितको विशिष्ठ होटल साहले जनकपुरधामको रामानन्दचोकमा संचालनमा ल्याएका हुन् । यस होटलमा विशुद्ध मिथिला परिकारका खाना पाइनुका साथै खाना परिकारका सरसमानहरु समेत उपलब्ध हुने छ । बढदो आधुनिकतासँगै विलुप्त हुँदै गएको […]

आरतीको रहस्यमय मृत्यु प्रकरणमा श्रीमान् र ससुरालाई थुनामा पठाउने आदेश

सामाजिक फीड-जनकपुरधाम, असार ५ गते र आरतीको रहस्यमय मृत्यु प्रकरणमा धनुषा जिल्ला अदालतले श्रीमान् र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत धनुषाले आरतीका श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदलतका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल […]

अन्तरजातीय विवाह गरेपछि सुनितालाई न विवाह दर्ता, न छोराछोरीलाई जन्मदर्ता

रासस-बाँके, असार ५ गते । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको […]

आज चार दिने अमेरिका भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी-जनकपुरधाम, असार ५ गते । प्रधानमन्त्री ४ दिने राजकीय भ्रमणका क्रममा मंगलबार अमेरिका भ्रमणमा जाँदैछन्। उनको औपचारिक कार्यक्रम भोलि अर्थात् २१ जुनदेखि निर्धारण गरिएको छ। पहिलो दिन बुधबार उनी न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा आयोजित योग महोत्सवमा भाग लिनेछन्। २२ जुनमा वासिङ्टनमा प्रधानमन्त्रीलाई राजकीय सम्मानका साथ स्वागत गर्ने कार्यक्रम तय भएको छ। मोदी र अमेरिकी राष्ट्रपति […]

भंगहा नगरपालिकामा आज शोक बिदा

सामाजिक फीड-जनकपुरधाम, असार ४ गते । भंगहा नगरपालिकाका एक दलित वडा सदस्यको निधन भएकोमा छ । भंगहा नगरपालिका वडा नं. ६ की दलित महिला वडा सदस्य श्रीवती देवी दासको निधन भएको हो । उनको निधनमा आज भंगहा नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ । मेयर संजिव कुमार साहले एक शोक वक्तव्य जारी […]

संखुवासभाको बाढीमा बेपत्ता भएका २२ जनाको पहिचान खुल्यो

रासस-संखुवासभा, असार असार ४ गते । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

आज चारदलको समाजवादी मोर्चा घोषणा हुँदै

सामजिक फीड-जनकपुरधाम, असार ४ गते । माओवादी केन्द्रसहित चार दलले आज समाजवादी मोर्चा घोषणा घोषणा गर्दै छ । माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे मोर्चा घोषणा गर्न लागेको हो । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका […]

नेपालमा चरम भाषिक विभेद छ : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, असार ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपलका अध्यक्ष उपेन्द्र यादवले नेपालमा चरम भाषिक विभेद रहेको बताएका छन् । आइतबार जनकपुरधाममा भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा बोलिने १ सय २५ भाषा मध्ये एक मात्र भाषालाई माननीय भाषाको रुपमा प्रयोगले भाषिक विभेद र असमानताको […]