Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, असार ३ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपलका अध्यक्ष उपेन्द्र यादवले नेपालमा चरम भाषिक विभेद रहेको बताएका छन् ।

आइतबार जनकपुरधाममा भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा बोलिने १ सय २५ भाषा मध्ये एक मात्र भाषालाई माननीय भाषाको रुपमा प्रयोगले भाषिक विभेद र असमानताको रहेको टिप्पणी गरे ।

मिथिला माण्डवी, नेपाल, तामाङ्ग जस्ता भाषाहरु नेपाली भाषा भन्दा अत्यन्त प्राचिनतम रहेको उनको तर्क छ ।
‘खस बाट पर्वते र गोर्खा हुदै वि.सं. १९३३ मा गोर्खा भाषा प्रकाशनी समिति बन्दै १९७० मा सोहि समितिलाई नेपाली भाषा प्रकाशनी समिति बनाएर नेपाली भाषाको रुपमा प्रचार गरिएको छ’ उनले भने ‘हालको नेपाली भाषालाई राज्य शक्तिको बलमा एकल र र्निविकल्प भाषाको मात्र अधिपत्य जमाइनु अधिनायकवाद हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *