Samajik Feed – News Portal from Nepal


सामजिक फीड-
जनकपुरधाम, असार ४ गते ।

माओवादी केन्द्रसहित चार दलले आज समाजवादी मोर्चा घोषणा घोषणा गर्दै छ । माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे मोर्चा घोषणा गर्न लागेको हो ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *