Samajik Feed – News Portal from Nepal

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, बालकसहित तीनजना घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । सर्लाहीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बालकसहित तीनजना तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० वर्षीय गणेश कार्की छन् ।उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा उनको मृत्यु […]

एमाले नेता नेम्वाङको आज अन्त्येष्टि गरिँदै, शोकमा सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम,भदौ २८ गते । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो । शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् । बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, […]

ढल्केवरमा काँग्रेसको मसाल जुलुस प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, भदौ २७ गते । धनुषाको ढल्केवरमा नेपाली काँग्रेसका नेताकार्यकर्ताले आज साँझ मसाल जुलुस प्रर्दशन गरेका छन् । केहीदिन अघि कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरोधमा उनीहरुले मसला जलुस प्रदर्शन गरेका हुन् । प्रर्दशनका सहभागीले ‘हत्या हिंसा बन्द गर, महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारवाही गर, नेपाली कांग्रेस जिन्दावादजस्ता नारा लगाएका […]

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली ठोक्नुपर्छ : मधेशका मुख्यमन्त्री यादव

सामाजिक फीड-जनकपुरधाम, भदौ २७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जातीय दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मंगलबार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै उनले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका हुन् । ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । […]

वीरगञ्जको बाल सुधार गृहमा झडप हुँदा ११ बाल कैदी घाइते

सामाजिक फीडजनकपुरधाम, भदौ २७ गते । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा झडप हुँदा ११ जना घाइते भएका छन् । मंगलबार राति बाल सुधार गृहमा रहेकाहरुबीच झडप भएको हो । झडपमा ११ जना बाल कैदी घाइते भएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। उनका अनुसार उनीहरु सबै जना समान्य घाइते भएका छन् […]

रहिनन् जसपाकी मधेश प्रदेश सांसद बिन्दु यादव

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । जनता समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद सांसद विन्दु कुमारी यादवको निधन भएको छ । दुईवर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा आज बिहान साढे ८ बजे निधन भएको अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ […]

एमाले नेता नेम्वाङको निधन

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । बालुवाटार स्थित आफ्नै निवासमा राति १ बजे बेहोस भेटिएका नेम्वाङको हृदयघातबाट निधन भएको हो । राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस भेटिएपछि उनलाई परिवारजनले उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राति १ः५० बजे पुर्याउँदा उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको […]

प्रादेशिक अस्पताल सिरहाले आफ्नै हाताभित्र ब्लड बैंक सञ्चालन गर्ने

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । प्रादेशिक अस्पताल सिरहाले आफ्नै हाताभित्र ब्लड बैंक सञ्चालन गर्ने भएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अर्कै काममा प्रयोग हुँदै जीर्ण हुन लागेको भवन भित्र ब्लड बैंक संचालन गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले अस्पतालले आवश्यकतालाई ध्यानमा राखेर केही दिनभित्र ब्लड बैंक सञ्चालन गर्ने […]

महोत्तरीको सोनमा घट्नाविरुद्ध पुर्व गापा अध्यक्षसहित दश जनामाथि मुद्दा दर्ता

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । महोत्तरीको सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ । पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोक यादवसहित दश जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार उनीहरु विरुद्ध आपराधिक […]

कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले गणेशमानचारनाथ नगरपालिका ९ कमला खोला स्थित अबैध ढुङ्गा उत्खनन गरी लोड गरेको अबस्थाम स १ त ४५८९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]