Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।

जनता समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद सांसद विन्दु कुमारी यादवको निधन भएको छ । दुईवर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा आज बिहान साढे ८ बजे निधन भएको अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डिले जानकारी दिए ।

उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।

जसपाकी केन्द्रीय सदस्य समेत रहेकी यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा जनकपुरमा उनी अग्रपंक्तिमा संघर्ष गरेकी थिइन् । एक संघर्षशील उर्जावान महिलाको रुपमा उनी चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *