Samajik Feed – News Portal from Nepal

सबै सीडीओ कार्यालयहरुमा ३ दिनभित्र जेनजी शहीदको नाम राख्न गृहको सर्कुलर

सामाजिक फीड-जनकपुरधाम, मंसिर २२ गते । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले पत्राचार गरेको छ । गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो। गृहले उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख […]

असईद्वारा आफ्नै चार महिनाका छोराको हत्या

सामाजिक फीड-जनकपुरधाम, मंसिर २२ गते । काठमाडौंको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न डेरा कोठामा झगडा भएपछि घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन्। डोटी घर भएका २९ वर्षका असई पुष्कर कार्कीले आफ्ना चार महिनाका छोरा माहिर कार्कीमाथि धारिलो हतियार प्रहार […]

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोले मन्दिरमा गरे छलफल

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोले मन्दिरमा गरे छलफल जनकपुरधाम । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै छलफल भएको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास […]

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बर्खास्त

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४०९ख) अनुसार महतोलाई पदमुक्त गरेका हुन्। गत शुक्रबार ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएपछि मुख्य न्यायाधिवक्तालाई पदमुक्त […]

मधेशका निवर्तमान मुख्यमन्त्री यादवले जाँदाजाँदै गरेका थिए कर्मचारी सरुवा र नियुक्ति

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले सरकारको प्रशासनिक संरचनामा व्यापक चलखेल गरेको खुलेको छ।सर्वोच्चको परमादेश आइसकेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गरेको सरकारी कागजातबाट देखिएको हो। यस क्रममा ११औं तहका सहसचिव सहित पाँचौँ तहका ३८ कर्मचारीको सरुवा गरिएको […]

मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिए पद तथा गोपनियताको सपथ

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाइ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए। यादव मंसिर २४ गते विश्वासको मत लिने तयारीमा रहेका छन्। कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई […]

मधेशका मुख्यमन्त्री यादव आगामी मंसिर २४ गते विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्। सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले विश्वासको मत आगामी मंसिर २४ गते प्रस्तुत गर्ने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले बताए। नेपाली कांग्रेसबाट मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादव आज नै पद तथा […]

प्रतिनिधिसभा निर्वाचन तर्फ आजदेखी समानुपातिक तर्फको निर्वाचन प्रक्रिया सुरु

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यदेखी सुरु हुँदैछ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने जानकारी दिए । उनले प्राप्त भएका निवेदन उपर अध्ययन गरी […]

मधेस प्रदेश : एम्बुलेन्सबाट लागूऔषध गाँजा बरामद

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । आइतबार बिहान हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी […]

मन्त्रीको लोभ गरेपछि बिच्छाको सांसद पद गुम्यो

सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । राप्रपा नेपालकी प्रदेश मधेस प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ। संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि बिच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । उनलाई […]