राजनीतिक दलमा लागेका चुनावी मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ: महासेठ

सामाजिक फीड-जनकपुरधाम, पुस २० गते । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलमा आवद्ध मन्त्रीहरूलाई प्रधानमन्त्री शुशिला कार्कीले बर्खास्त गर्नुपर्ने बताएका छन्। आइतबार जनकपुरधाम स्थित आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले अहिलेको सरकार चुनावी सरकार मात्र भएकाले राजनीतिक दलमा सक्रिय मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्ने बताए। उनीहरूले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ। […]
श्रोत नखुलेको १० लाख रकमसहित जनकपुरबाट एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । स्रोत नखुलेको १० लाख भन्दा बढी रुपैयाँसहित जनकपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी एकडारा गाउँपालिका–४ का स्थायी बासिन्दा ३५ वर्षीय रंजित कुमार साह छन् । उनी जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार स्थित किरणदेवी ठाकुरको घरमा डेरा गरी बस्दै आएको धनुषा प्रहरीले जनाएको छ । जल्ला […]
विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्यो भारत

सामाजिक फीड-जनकपुरधाम, पुस १५ गते । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । जापानलाई उछिनेर भारत चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको हो । भारतको कुल ग्राहस्थ उत्पादन ४।१८ ट्रिलियन डलर बराबर पुगेको सरकारी तथ्याङ्हरुले देखाएका छन् । जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारत आगामी तीन वर्षभित्र जर्मनीलाई उछिनेर तेस्रो […]
रौतहटमा ग्यास लिक भएपछि सडक आवागमन रोकियो

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । भारतको रक्सौलबाट एसलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगर आउँदै गरेको ट्यांकर रौतहटमा दुर्घटना भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा सो ट्यांकर पल्टिएर दुर्घटना हुँदा चालक जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव गम्भीर घाइते भएका छन् । उनको चन्द्रनिगाहपुर सिभिल अस्पतालमा उपचार भइरहेको छ । एलपी ग्यास लिक हुन थालेपछि प्रहरीले […]
बिहेको प्रलोभन दिएर बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । सप्तरीमा बिहेको प्रलोभन देखाएर एक नाबालिकामाथि करणी गरेको आरोपमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेका छन् । राजविराज नगरपालिकाकी १२ वर्षीया बालिका र १७ वर्षका बालकबीच तीनरचार महिनाअघि चिनजान भएकोमा बालकले शनिबार साँझ बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ । नाबालिकाले बिहेको प्रलोभन देखाई बलात्कार गरेको विषयमा परिवारजनलाई जानकारी गराएपछि […]
जसपा नेपाल र अशोक राई नेतृत्वको जसपाबीच आजै एकता घोषणा हुने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई दलबीच आजै एकताको औपचारिक घोषणा हुने तयारी गरिएको छ। एकताका लागि जसपातर्फबाट उपाध्यक्ष रेणु यादवले पहल गरेकी छन्। अध्यक्ष अशोक राई भने हालसम्म एकताका विषयमा पूर्ण रूपमा सहमत भइनसके पनि […]
प्रतिनिधिसभा निर्वाचन स् समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउने आज अन्तिम दिन

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले निर्धारण गरेको अनुसार आज समाुनपातिकतर्फको बन्दसूची बुझाउन अन्तिम दिन हो ।आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबार र सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन समय दिएको हो । आज […]
मजदुरी गर्दै पढेका सिरहाका दलित युवकले एमबीबीएस पुर्ण छात्रवृत्तिमा नाम निकाले

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । सिरहाको बरियारपट्टी गाउँपालिका–२ का दलित समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढाइ जारी राख्दै एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र निरन्तर संघर्षका बीच उनले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको प्रवेश परीक्षामा सफलता हात पारेका हुन् । बरियारपट्टीको श्रीपुर गाउँमा बसोबास गर्ने […]
सुन-चाँदीको भाउमा नयाँ रेकर्ड, आइतबार सुन प्रतितोला २ लाख ७० हजार नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । नेपाली बजारमा सुनको भाउले आइतबार पनि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो। आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार पनि […]
प्रतिनिधिसभा निर्वाचनका लागि आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेश गर्नुपर्ने

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने बताए । […]