Samajik Feed – News Portal from Nepal

नेपाल–बङ्गलादेश ऊर्जा सहकार्यलाई प्रवर्द्धन गर्दै

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम ढाकास्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यशालामा नेपालले बङ्गलादेशका लगानीकर्तालाई ऊर्जा क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरेको छ। कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्धबारे चर्चा गर्दै पहिलोपटक नेपालबाट बङ्गलादेशले ४० मेगावाट जलविद्युत् आयात गरिसकेको उल्लेख गर्नुभयो। उहाँले ऊर्जा साझेदारीले सम्पूर्ण दक्षिण एशियालाई लाभ पुग्ने बताउँदै लगानीकर्तालाई नेपालमा व्यापारिक अवसरहरू […]

मधेश प्रदेश १०औँ राष्ट्रिय खेलकुदका लागि सक्रिय

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम मधेश प्रदेश सरकारले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। सुर्खेतमा २३ चैतदेखि सुरु हुने प्रतियोगितामा सहभागी खेलाडी छनोट तथा सहभागिता रणनीतिमा काम भइरहेको खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशभरिबाट ५ हजारभन्दा बढी खेलाडीको आवेदन परेपनि ६५० खेलाडी मात्र छनोट गरिनेछ। खेलकुद […]

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखपुर जाँदै, गोरखनाथ मन्दिरमा विशेष पूजा गर्ने

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम। पूर्वराजा ज्ञानेन्द्र शाह भारतको गोरखपुर जाने भएका छन्। हाल भैरहवामा रहेका शाह बिहीबार गोरखनाथ मन्दिरमा विशेष पूजा गर्न प्रस्थान गर्नेछन्। पूर्वराजाका संवाद सचिव फणीराज पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नेछन्। गोरखनाथ मन्दिरमा पूर्वराजाले परम्पराअनुसार खिचडी चढाउने कार्यक्रम रहेको छ। सोही धार्मिक परम्परालाई […]

नेपालको व्यापार र विकासमा आईटीको महत्वपूर्ण भूमिका – प्रधानमन्त्री ओली

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्। नेपाल चेम्बर एक्स्पोको उद्घाटन गर्दै उनले देशको विकासमा आईटीको भूमिकाबारे जोड दिए। उनले नेपालले तीव्र आर्थिक तथा विकास गतिविधि अघि बढाइरहेको भन्दै आईटी क्षेत्र पनि उल्लेखनीय रूपमा विस्तार भइरहेको बताए। अस्थिर राजनीतिक अवस्थाका […]

विदेशमा जन्मिएका बच्चालाई अंगीकृत नागरिकता दिने व्यवस्था

सामाजिक फीड, जनकपुरधाम। माघ १७। नेपाल सरकारले नयाँ नागरिकता विधेयक प्रस्ताव गर्दै विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका व्यक्तिहरूलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ। प्रतिनिधिसभामा पेश गरिएको नागरिकता ऐन २०६३ को संशोधन विधेयकमा यस्तो प्रावधान समेटिएको हो। बढ्दो संख्यामा विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका बालबालिकालाई अनागरिक हुनबाट जोगाउन सरकारले यो व्यवस्था अघि सारेको […]

महाकुम्भ मेलामा नेपाली तीर्थयात्रीहरूको विशेष सुविधा, खालसा निर्माण

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालबाट ५० लाखभन्दा बढी श्रद्धालु सहभागी भएका छन्। जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली तीर्थयात्रीहरूका लागि विशेष खालसा निर्माण गरिएको छ। धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजले नेपाली तथा भारतीय तीर्थयात्राका लागि विशेष बसोबास तथा खानपानको सुविधा उपलब्ध गराएका […]

नेपाल प्रहरीमा ७५ डीएसपी पद रिक्त, बढुवा प्रक्रिया तीव्र

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम नेपाल प्रहरीमा ७५ प्रहरी नायव उपरीक्षक (डीएसपी) पद रिक्त भएको छ। हालै ३७ डीएसपी प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि रिक्त पदसंख्या बढेको हो। यसअघि ३८ पद खाली थियो। डीएसपी बढुवाका लागि २०७० मा इन्सपेक्टरमा भर्ना भएकाहरु मुख्य प्रतिस्पर्धामा छन्। २०७० को ब्याचका १४४ मध्ये ७९ जना अझै इन्सपेक्टरमै कार्यरत […]

मधेशमा जेसी नीति कार्यान्वयनको माग, सञ्चारिका समूहद्वारा ज्ञापन

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम सञ्चारिका समूह नेपालले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति कार्यान्वयनका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ। महिला पत्रकारको समानता, सशक्तीकरण तथा कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण निर्माणको माग राख्दै समूहले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। यसमा महिला हिंसा न्यूनीकरण, समान ज्याला, तालिमको व्यवस्था, महिला […]

मधेशका हिरासत कक्षहरू जर्जर, थुनुवामाथि दुर्व्यवहारको खुलासा

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम मधेश प्रदेशका विभिन्न जिल्लाका प्रहरी हिरासत कक्षहरूमा थुनुवासँग अमानवीय व्यवहार गरिएको खुलासा भएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको उपसमितिले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका हिरासतहरूको अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्दै हिरासत कक्षहरू जर्जर अवस्थामा रहेको र थुनुवालाई शारीरिक तथा मानसिक यातना दिइएको निष्कर्ष […]

नेपाल प्रहरीसम्बन्धी नयाँ विधेयक संसदमा दर्ता, अवकाश उमेर हद र बढुवा प्रणालीमा परिमार्जन

सामाजिक फीड- जनकपुरधाम, माघ १६ गते सरकारले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले गत मंगलबार विधेयक संसद्मा दर्ता गराएका हुन्। यस विधेयकमा ३० वर्षे सेवा अवधि हटाइएकै छ। साथै, प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि आवेदन दिन सकिने उमेर सीमा २१-२७ वर्ष पुर्‍याइएको छ। […]