Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १६ गते – जनकपुरधाम

नेपाल प्रहरीमा ७५ प्रहरी नायव उपरीक्षक (डीएसपी) पद रिक्त भएको छ। हालै ३७ डीएसपी प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि रिक्त पदसंख्या बढेको हो। यसअघि ३८ पद खाली थियो।

डीएसपी बढुवाका लागि २०७० मा इन्सपेक्टरमा भर्ना भएकाहरु मुख्य प्रतिस्पर्धामा छन्। २०७० को ब्याचका १४४ मध्ये ७९ जना अझै इन्सपेक्टरमै कार्यरत छन्। यसअघि दुई चरणमा ६५ जना डीएसपीमा बढुवा भइसकेका छन्। अब बाँकी ७९ जनामध्ये ७५ जनाले बढुवा पाउनेछन् भने ४ जना पछि पर्ने निश्चित छ।

बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा समिति गठन हुनेछ। छिट्टै बढुवा सिफारिस आउने तयारी छ। प्रतिस्पर्धीहरु बरियताका लागि विभिन्न पक्षसँग संवाद गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *