Samajik Feed – News Portal from Nepal

एक महिला मृत फेला, हत्या भएको आशंकामा एक जना पक्राउ

सर्लाही, २१ चैत्र । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४ जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको […]

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

सामाजिक फीड, एजेन्सी । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो ।त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जुआनको मृत्युको घोषणा […]

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सामाजिक फीडजनकपुरधाम, चैत्र २१ गते । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । गत सोमबार नयाँ रेकर्ड बनाएर हिजो केही घटेको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० […]

बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन

सामाजिक फीड, कलैया, २१ चैत । बाराका किसानले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन गरेका छन् । यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपिएका थिए । चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकोमा एक लाख ३३ हजार आठ सय […]

सिरहामा १० वर्षीय बालक मृत फेला

सामाजिक फीड, सिरहा, २१ चैत्र । सिरहाको औरहीमा १० वर्षीय बालक मृत फेला परेका छन् । आज बिहान ‌औरही गाउँपालिका–४ खजनपुरस्थित पोखरीमा बद्री यादवका १० वर्षीय छोरा सचिनकुमार यादव मृत फेला परेका हुन् । गन्हाएपछि स्थानीयले पोखरीमा खाेजी गर्दा बालक सचिन मृत फेला परेको स्थानीय सन्तोष यादवले जानकारी दिए । उनका अनुसार सचिन तीन दिनदेखि […]

आईपीएल : मयंकले फाले यस सिजनकै तीव्र बल

काठमाडौँ, २१ चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्सबाट खेलिरहेका तीव्र गतिका भारतीय बलर मयंक यादव चर्चाको केन्द्रमा रहेका छन् । गएराति सम्पन्न खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसकै घरेलु मैदानमा पराजित गर्ने क्रममा मयंकले तीन महत्वपूर्ण विकेट मात्र लिएनन्, आईपीएलको यस सिजनको अहिलेसम्मको तीव्र बल फालेर चकित पारेका छन् । उनले […]

दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

सामाजिक फीड, काठमाडौँ, चैत २१ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतले हुने तथ्यांकले देखाएको छ । २०८०/८१ को पहिलो त्रैमासको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ । मुलुकको अर्थिक वृद्धि ४ प्रतिशतले भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनले […]

ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

एजेन्सी, २१ चैत । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरू आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ […]

सातदिनभित्र काठमाडाैँका विद्यालयको नेपालीपन झल्कने नाम नराखिए भर्ना रोकिने

सामाजिक फीड, काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । आज सूचना जारी गर्दै महानगरले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा […]

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने

पोखरा, २१ चैत्र । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो । तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् । मुख्यमन्त्री पाण्डेले […]