Skip to main content

सामाजिक फीड,

कलैया, २१ चैत । बाराका किसानले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन गरेका छन् । यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपिएका थिए ।

चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकोमा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जनाएका छन् । त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको छ । सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको छ ।

अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *