सामाजिक फीड,
सिरहा, २१ चैत्र । सिरहाको औरहीमा १० वर्षीय बालक मृत फेला परेका छन् । आज बिहान औरही गाउँपालिका–४ खजनपुरस्थित पोखरीमा बद्री यादवका १० वर्षीय छोरा सचिनकुमार यादव मृत फेला परेका हुन् । गन्हाएपछि स्थानीयले पोखरीमा खाेजी गर्दा बालक सचिन मृत फेला परेको स्थानीय सन्तोष यादवले जानकारी दिए ।
उनका अनुसार सचिन तीन दिनदेखि बेपत्ता थिए । आफन्तले सामाजिक सञ्जालमा समेत बालक हराएको सूचना राखेका थिए । तर आज पोखरीमा मृत भेटिएका हुन् ।
मृतक बालकको शव पोस्टमार्टमका लागि प्रहरीले सिरहा प्रादेशिक अस्पताल लैजाने तयारी गरेको छ ।