Samajik Feed – News Portal from Nepal

कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ । धनुषास्थित निजि अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका थिए । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर […]

बर्दिबासतर्फ आउँदै गरेका सहित ४ वटा सवारी चितवनमा दुर्घटना : दुई जनाको मृत्यु, २१ घाइते

सामाजिक फीडजनकपुरधाम , जेष्ठ १४ गते । चितवनको नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला […]

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते छत्रेश्वरी गाउँपालिका–६ का २७ वर्षीय चालक सुकलाल घर्तीको दुर्घटनामा परी मृत्यु भएको छ। गएराति सवा ९ बजेतिर कपुरकोट गाउँपालिका–३ स्थित अरिंगालेफेदीमा रा १ ख १९१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको थियो। यो मिनी ट्रक दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै थियो। मिनी ट्रक अनियन्त्रित भई सडकबाट झन्डै तीन मिटर तल खसेको थियो। […]

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते प्रमुखदलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे छलफल गर्ने छ । कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख […]

भीषण चक्रवात आँधी ‘रेमाल’ बंगलादेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ।

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते चक्रवाती आँधी रेमाल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो । रेमालको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ । बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो । चक्रवात रामलले गति लिएपछि बंगलादेशको […]

कोलकोताले जित्यो आइपिएलको उपाधि

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक […]

दिल्लीस्थित अस्पतालमा आगलागी, ७ शिशुको मृत्यु

सामाजिक फीड, भारत । नयाँ दिल्लीस्थित बाल अस्पतालमा आगलागी हुँदा ७ नवजात शिशुको मृत्यु भएको छ । बीबीसी भारतका अनुसार पूर्वी दिल्लीको विवेक विहार क्षेत्रस्थित बाल अस्पतालमा शनिबार राति साढे ११ बजे आगो सल्केको थियो । १२ शिशुलाई उद्धार गरिए पनि ७ जनालाई बचाउन नसकिएको उद्धारकर्मीले बताएका छन् । अन्य ५ शिशुलाई उपचारका लागि भेन्टिलेटरमा […]

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

सामाजिक फीड, काठमाडौँ, १३ जेठ । लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी एक विदेशी महिला पौने चार करोड रुपैयाँ बराबरको कोकिनसहित पक्राउ परेकी छिन् । प्रहरीले उनीबाट एक किलो १०१ ग्राम कोकिन बरामद् गरेको हो । कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले ठमेलबाट शुक्रबार पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक […]

सहकारी ठगिविरुद्ध सडकमा कांग्रेस

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १३ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । […]

कांग्रेसको अडान कायमै, कार्यादेशमा अझै जुटेन सहमति

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १३ गते सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए । भेटवार्तामा प्रधानमन्त्रीले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडियाको मात्रै राखेर सहमति गर्न अनुरोध गरेका थिए […]