Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १४ गते

छत्रेश्वरी गाउँपालिका–६ का २७ वर्षीय चालक सुकलाल घर्तीको दुर्घटनामा परी मृत्यु भएको छ।

गएराति सवा ९ बजेतिर कपुरकोट गाउँपालिका–३ स्थित अरिंगालेफेदीमा रा १ ख १९१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको थियो। यो मिनी ट्रक दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै थियो।

मिनी ट्रक अनियन्त्रित भई सडकबाट झन्डै तीन मिटर तल खसेको थियो। ट्रकले च्यापिएपछि चालक घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

डिएसपी कार्कीका अनुसार, ‘गुडिरहेको गाडीको टायर हेड भाँचिएपछि चालकले आत्तिएर हाम फाल्दा सोही गाडीले च्यापेको कुरा सहचालकले बताएका छन्।’

दुर्घटनामा कुपिण्डे नगरपालिका–९ का २१ वर्षीय सहचालक तेजबहादुर बुढाथोकी घाइते भएका छन्। उनको हातमा चोट लागेको छ र जिल्लामै उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *