सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १४ गते ।
मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेकी हुन् ।
आइतबारको मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भण्डारीले जेठ २१ गते दिनको २ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।
उनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम मधेश प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचीव लुम्बनाथ पोखरेलले जानकारी दिए ।
प्रदेश प्रमुख भण्डारीले मधेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा बैशाख ३१ गते दोस्रो अधिवेशन अन्त्य गरेकी थिइन ।