Samajik Feed – News Portal from Nepal

जनमत पार्टीका उपाध्यक्ष एवं सांसद् अब्दुल खान चढेको कार दुर्घटना

काठमाडौँ, २६ चैत्र । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका खानलगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद् खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ । उनीहरूलाई थप […]

राप्रपाले जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्दै

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज अपराहन्न २: ३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो । सनातन हिन्दु अधिराज्यको पुनस् स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, […]

कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका […]

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु , अर्का बेपत्ता

सामाजिक फीडजनकपुरधाम, चैत्र २६ गते। पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवक बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ […]

नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन, धनुषामा कोइराला आए

सामाजिक फीडजनकपुरधाम, चैत्र २५ गते । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दिपक घिमिरे र फणेश्वरी घिमिरे रहेका छन् । कोइरालाको जिल्ला अदालत धनुषामा […]

वैदेशिक रोजगारीको बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत्र २५ गते । बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ५ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने वर्ष ४२ को राज कुमार दाहाल र दोलखा घर भइ हाल कपन बस्ने कृष्णप्रसाद दाहाल रहेका छन्। उनीहरूले […]

नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

सामाजिक फीड, भारत । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा […]

एकदिवसीय अन्तिम खेलमा आयरल्यान्ड ए सँग नेपाल पराजित

सामाजिक फीडजनकपुरधाम, चैत्र २५ गते । एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड एले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले […]

लुम्बिनी विकास योजनाका प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धानका क्रममा विभिन्न कैफियत देखिएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । भट्टराईले जग्गा […]

पोखरीमा डुबेर दुई किशोरको मृत्यु

धनकुटा, २५ चैत । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनकुटा नगरपालिका-१० मार्गस्थित विजय पोल्ट्री फार्म छेउमा रहको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका राजेन्द्र खतिवडाका छोरा ११ वर्षीय मनिष खतिवडा र सोही नगरपालिका-९ बस्ने खेम ओझाका छोरा १५ वर्षीय दीपेश ओझा छन् । यस सम्बन्धमा आवश्यक […]