Samajik Feed – News Portal from Nepal

धनकुटा, २५ चैत । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनकुटा नगरपालिका-१० मार्गस्थित विजय पोल्ट्री फार्म छेउमा रहको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँका राजेन्द्र खतिवडाका छोरा ११ वर्षीय मनिष खतिवडा र सोही नगरपालिका-९ बस्ने खेम ओझाका छोरा १५ वर्षीय दीपेश ओझा छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *