सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

समाजिक फीड,जनकपुरधाम , वैशाख ७ गते। नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेसले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला […]
जसपा की सांसद हसिना खानले लिइन शपथ ग्रहण

सामाजिक फीडजनकपुरधाम, बैशाख ७ गते जनता समाजवादी पार्टी ९जसपा०की सांसद हसिना खानले प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेकी छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्। जसपाले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा खानलाई प्रतिनिधि सभामा पठाएको थियो। samajik_feedsamajikfeed.com
सलमान खानको घटना पछि बढाइयो शाहरूख खानको सुरक्षा

सामाजिक फीडजनकपुरधाम, बैशाख ७ गते । सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएपछि शाहरुख खानको सुरक्षा बढाइएको छ । कुनै अप्रिय घटना नहोस् भनेर यस्तो गरिएको हो । शाहरुख चार दिन देखी कोलकातामा थिए । जहाँ आईपीएलको खेल चलिरहेको छ । शाहरुख आफ्नो टिमलाई सपोर्ट गर्न त्यहाँ पुगेका थिए । उनी हिजो राति […]
किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सामाजिक फीड, झापा, ७ वैशाख । झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका–११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको जनाइएको छ। तामाङले किशोरीलाई सोही नगरपालिका–११ सालबारीस्थित होटलमा बुधबार बलात्कार गरेको उजुरी परेपछि […]
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

समाजिक फीड,जनकपुरधाम , वैशाख ७ गते। अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ । इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको हो । इरानले भने हवाई आक्रमण नभएर इजरायलले आफ्नो भूमिमा ड्रोन मात्र उडाएको बताएको छ । यो दाबीपछि अष्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई इजरायलविरुद्ध सैन्य […]
भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु

सामाजिक फीडजनकपुरधाम, बैशाख ७ गते । भारतमा नयाँ सरकार चुन्न आजदेखि आमचुनाव हुँदैछ । विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारत हो यसपालि भारतमा सात चरणमा मतदान हुँदैछ। पहिलो चरणको मतदान आजदेखि सुरू हुन लागेको हो। आज विभिन्न २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ। अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, […]
नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

सामाजिक फीड, काठमाडौँ, ७ वैशाख । नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए । नेपालका अन्य […]
एमालेको प्रतिनिधि परिषद्को बैठकमा देउवालाई निमन्त्रणा

समाजिक फीड,जनकपुरधाम , वैशाख ७ गते। नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । एमालेका सचिव योगेश भट्टराईले देउवाको बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निमन्त्रणा दिएका हुन् । एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट शुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय […]
कप्तान रोहित पनि आउट

समाजिक फीड,जनकपुरधाम , वैशाख ७ गते। नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो । रोहितले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् । […]
इरानमाथि इजरायलको जवाफी आक्रमण, तेल र सुनको भाउ बढ्यो

सामाजिक फीडजनकपुरधाम , बैशाख ७ गते । इजरायलले इरानका केही सहरमा मिसाइल हमला गरेको छ । शुक्रबार बिहानै भएको हमलामा इरानका केही परमाणु प्लानमाथि पनि निशाना लगाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इरानको सरकारी न्युज एजेन्सीलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार इरानको इसाफहान शहरको एयरपोर्टमा पनि विस्फोटनको आवाज सुनिएको छ । यो शहरमा धेरैवटा […]