Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ७ वैशाख । नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दबाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्यसम्म नै दबाबमा देखिएका थिए ।

त्यसैगरी यूएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले २-२ विकेट लिए भने ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *