यूएईविरुद्ध ९ रनले नेपालको जित, विश्वकपको क्वालिफायरमा

२ चैत्र , जनकपुर। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो।जितसँगै नेपाल ४० अंकका साथ लिग टूको […]
युएईका कप्तान मोहम्मद आउट, नेपाललाई दोस्रो सफलता

२ चैत्र , जनकपुर। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ। उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको छ। अर्धशतक पूरा गरेका वासिमलाई सन्दीप लामिछानेले एलबिडब्लुको धरापमा पारेका हुन्। उनले ४९ बलमा […]
बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु

१ चैत्र, जनकपुर। बालुवाटारको प्रधानमत्री निवासमा १० दलको बैठक सुरु भएको छ। सरकारको बिषयमा सहमति गरेका दस दलको बैठकचैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ। यस बैठकमा सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्। जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति […]
अति आवश्यकबाहेक मन्त्री तथा उच्च तहका कर्मचारीको विदेशमा भ्रमण रोक

१ चैत्र , जनकपुर। नेपाल सरकारका मन्त्रि र उच्च पदका सरकारी कर्मचारीहरु अति आवश्यकबाहेक विदेश भ्रमण गर्न रोक लगाएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको हो। निर्णय पस्चात कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त […]
नेप्सेमा लगातार गिरावट १४.४४ अंकले झर्यो, १ अर्ब २० करोडको कारोबार

१ चैत्र , जनकपुर। नेप्सेमा यस सातामा नेप्से दुई दिन घटेर मंगलबार एक अंकको वृद्धि भएको थियो। आज बुधवार पुन : ओरालो लागेको छ। बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ । नेप्से घटेपनि कारोबार रकम समन्य रहेको छ। आजको दिन २५३ स्टकको २५ हजार ४९१ पटकको कारोबारमा १ […]
उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

२६ फाल्गुन, जनकपुरधाम। उपराष्ट्रपति निर्वाचनको लागि जनमत पार्टीले ममता झालाई उठाउने निर्णय गरेको छ। नेता डा. चन्दन सिंहका अनुसार, जनमतका अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाटै मंसिर ४ मा प्रतिनिधिसभाको चुनाव जितेका थिए। जनमतको निर्णय अनुसार, झा उपराष्ट्रपतिका लागि उपयुक्त छिन्। ५३ वर्षीया झा अहिले जनमतको सप्तरी जिल्ला इन्चार्ज छिन्। उपराष्ट्रपतिका लागि ४५ वर्ष […]
गृह मन्त्रालयको सिफारिसमा नेपाल प्रहरीका ५ प्रहरी नायव महानिरीक्षकलाई एआईजीमा बढुवा गर्ने सिफारिश

२६ फाल्गुन, जनकपुरधाम। गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा उनीहरुलाई शुक्रबार बढुवा गर्न सिफारिस गरिएको हो । समितिले बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँ […]
प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

२६ फागुन, जनकपुर। प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका […]
पपुवा न्युगिनीमाथि नेपालको शानदार जित

२५ फागुन, जनकपुर। अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ ।आसिफ शेखको शानदार बलेबजी र उसको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन […]
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

२५ फागुन, जनकपुर। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । […]