Samajik Feed – News Portal from Nepal

२ चैत्र , जनकपुर। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको छ।

अर्धशतक पूरा गरेका वासिमलाई सन्दीप लामिछानेले एलबिडब्लुको धरापमा पारेका हुन्। उनले ४९ बलमा ६ छक्का र २ चौकासहित ६३ रन बनाएका थिए।

मैदान भित्र र बाहिर दर्शकहरु खचाखच छन् । नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *