Samajik Feed – News Portal from Nepal

१ चैत्र, जनकपुर। बालुवाटारको प्रधानमत्री निवासमा १० दलको बैठक सुरु भएको छ। सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक
चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ।

यस बैठकमा सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।

जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठकमा सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *