Samajik Feed – News Portal from Nepal

बेलायती वैज्ञानिकको चेतावनी- अर्को महामारी आउनसक्छ, तयारी गर्न सुझाव

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। भ्यालेन्सले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताउँदै आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन्। पूर्ववैज्ञानिक सल्लाहकार भ्यालेन्सले कोरोना जस्तै परिस्थितिसँग जुध्न तयार रहनुपर्नेमा जोड दिएका छन्। उनले महामारीको सामना गर्न हामी अझै तयार नभएको […]

वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ। वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो। घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बालिका यादवले […]

२०८१/८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री […]

युवतीमाथि सामूहिक बलात्कार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते पर्वतमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलजला गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री, र म्याग्दी बेनी नगरपालिका-४ का ३६ वर्षीय कुशल मल्ल रहेका छन्। उनीहरूलाई सोमबार दिउँसो प्रहरी चौकी मिलनचोकबाट […]

सिरोहियालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगियो

सामाजिक फीड, जनकपुरधाम, १५ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मंगलबार दिउँसो उनलाई हेलिकप्टरमार्फत् काठमाडौँ लगिएको हो । स्वास्थ्य समस्या देखिएपछि जनकपुरधाम काव्या अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि काठमाडौँमा पठाउन रिफर गरिएको हो । उनलाई सिधै मेडिसिटी अस्पतालमा पुर्‍याएर भर्ना गरिने उनका कानुन व्यवसायी किशोर […]

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ । मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन […]

यस्ता छन् संसदीय छानबिन समिति गठनका सहमति र कार्यक्षेत्र

सामाजिक फीड,काठमाडौँ, १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २-२ जना सदस्य हुने छन् भने […]

सहकारी ठगी प्रकरण: कार्यदलमा चार बुँदे सहमति

काठमाडौँ, १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने जनाएको छ । अहिले कार्यदलले प्रधानमन्त्री दाहाललाई सहमति बुझाउन लैजाँदै छ । कार्यदलमा […]

११ वर्षीया बालिकासँग विवाह गर्ने युवा समातिए

सामाजिक फीड,अर्घाखाँची, १५ जेठ । अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा ३० वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ। पाणिनी गाउँपालिका वडा नम्बर ४ पटौटीका अम्मरबहादुर राना मगरले वैशाख ३१ गते नाबालिकासँग विवाह गरेको खुलेको छ। अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतितसिंह राठोरका अनुसार ११ वर्ष सात महिना उमेरकी बालिका स्थानीय एक विद्यालयमा कक्षा […]

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । […]