२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किला लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट ९बिओपी० फुटाहा बर्दियाले नियन्त्रणमा लिएको छ । samajik_feedsamajikfeed.com
नक्कली सुन ६० लाखमा बेचेको आरोपमा एक जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । गिरीले आफूसँग १ किलो काँचो सुन […]
लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन हुदै छन् । छ विषयगत समिति र एक विषेशाधिकार समिति गरी सात समितिमा एकल उम्मेदवारी परेपछि सभापति सर्वसम्मत चयन हुने भएका हुन् । लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्वका विषयमा दलहरुबीच यसअघि नै सहमति भएको थियो । जस अनुसार एमालेले […]
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । सुनको भाउले १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत […]
मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ । जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध शुरु गरेको थियो । […]
महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ । समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायको नाम सर्बसम्मतले अनुमोदन गरेको हो । महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा […]
भारतबाट भित्र्याउँदै गर्दा २४ लाख बराबरको अवैध सामान रौतहटबाट बरामद

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । प्रहरी गस्ती टोलीले २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता […]
आईपीएल : खराब फर्ममा रहेका म्याक्सवेलले लिए विश्राम

सामाजिक फीड, भारत । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आईपीएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् । आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् । खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ […]
काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदूषित शहर

सामाजिक फीड, काठमाडौँ, ४ वैशाख । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत रहेको छ । यसलाई स्वास्थ्यको […]
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

सामाजिक फीड, महोत्तरी, ४ वैशाख । नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक वर्षको ६ र ७ वैशाखमा सञ्चालन हुँदै आएको छ । सोहीअनुसार महोत्तरीमा पनि यसको तयारी गरिएको छ । महोत्तरीका १५ वटै स्थानीय तहमा ६ देखि ५९ महिनासम्मका आफ्ना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले सबैसँग आग्रह […]