Samajik Feed – News Portal from Nepal

क्यानडामा रोजगारीको प्रलोभन बाबुछोरा ठगी, पाँच जना पक्राउ

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा ६६ लाख ६७ हजार रुपैयाँ ठगीमा परेका छन्। सामाजिक सञ्जालमार्फत जोडिएको गिरोहले क्यानडा पठाइदिने आश्वासन दिएर उनीहरूबाट रकम ठगी गरेको थियो। ठगिएको थाहा पाएपछि बाबुछोराले प्रहरीमा उजुरी दिए, जसपछि […]

विवाहको उमेर १८ वर्ष झार्ने सुझावले बालबालिकाको अधिकारमा चुनौती

सामाजिक फीड – जनकपुरधाम, माघ १५ । मुलुकी देवानी संहिता २०७४ को दफा ७० को उपदफा १(घ) अनुसार नेपालमा विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ। तर, मिति २०८१-१०-०२ गते बसेको प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्ने सिफारिस गरेको छ। यसले महिला, बालबालिका, र बुद्धिजीवी वर्गमा […]

Social Media मा केहि गलत हर्कत गरेमा कति जरिवाना र कति दिनको सजाय हुन सक्छ?

सामाजिक फीड,जनकपुरधाम। सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नयाँ कानुनको मस्यौदा प्रस्ताव गरेको छ। विधेयकमा प्लेटफर्म सञ्चालन गर्न अनुमतिपत्र लिने अनिवार्यता दफा ३ मा समेटिएको छ। त्यस्तै, दफा १२ ले प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तहरूसहित सामाजिक सञ्जालमा राख्न नपाइने सामग्रीहरूको सूची तोकेको छ। नागरिकको आईडी ह्याक गरेमा वा सूचना चोरेमा तीन वर्षको कैद सजाय वा १५ लाख […]

दुर्गानन्द झाको स्मृतिमा श्रद्धांजलि सभा सम्पन्न

सामाजिक फीड – जनकपुरधाम, माघ १५ नेपाली कांग्रेसका नेता दुर्गानन्द झाको स्मृतिमा धनुषाको नगराइन नगरपालिका-९, जटहीस्थित उनको स्मारकमा श्रद्धांजलि सभा सम्पन्न भएको छ। २०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिइएका झाले २०७२ सालमा नेपाल सरकारले शहीद घोषणा गरेका थिए। नेपाली कांग्रेस धनुषाका जिल्ला अध्यक्ष योगेन्द्र पंजियारको अध्यक्षता र […]

शहीद दुर्गानन्द झाको बलिदानको स्मरण गर्दै ६१औं बलिदानी दिवस मनाइयो

सामाजिक फीड – जनकपुरधाम, माघ १५ । गणतन्त्रका प्रथम शहीद दुर्गानन्द झाको ६१औं बलिदानी दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ। राजा महेन्द्रमाथि बम प्रहार गरी निरंकुश शासनविरुद्ध आवाज उठाएका दुर्गानन्द झाको योगदानको सम्झनामा संघसंस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेका हुन्। दिवसको अवसरमा झाको जन्मथलो धनुषाको जटहीस्थित शालिकमा स्थानीय युवाहरूले माल्यार्पण गरेका छन्। नेपाली कांग्रेसका […]

प्लास्टिक संकलन र परिवारप्रतिको समर्पण डोमरी देवीको दिनचर्या

समाजिक फिड – जनकपुरधाम, माघ १४ l डोमरी देवी, मधेश प्रदेशको राजधानी जनकपुरधाममा बस्ने एक गरीब महिला हुन्। बिहान झिसमिसे उज्यालोमा उठेर एक कप चिया खाएर हँसिलो अनुहारसहित आफ्नो दिन सुरु गर्ने उनीसँग जीवनयापनका लागि सजिलो विकल्प थिएन। श्रीमानसँगै बस्ने भए पनि उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ। श्रीमान अशक्त भएकाले घरको पालनपोषणको सम्पूर्ण […]

नेपालले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्ने

समाजिक फिड – जनकपुरधाम, माघ १५ भारतले नेपाललाई ९० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने सहमति गरेको छ। गहुँको माग अनुसार उत्पादन नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई लाख मेट्रिक टन गहुँको माग गरे पनि भारतले ९० हजार मेट्रिक टन मात्र दिन सहमति जनाएको हो। वाणिज्य विभागले यस आयातका लागि इच्छुक फर्म र कम्पनीहरूलाई […]

अनलाइन जुवा खेलाएको आरोपमा २ जना पक्राउ

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापका राजप्रकाश श्रेष्ठ (४८) र नुवाकोटका हरिचन्द्र भुजेल (२३) रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने […]

नेपालमा यूएसएडका चार परियोजना ९० दिनका लागि स्थगित

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता ९० दिनका लागि स्थगित गर्न आदेश दिएपछि नेपालमा यूएसएडअन्तर्गत सञ्चालित चार परियोजना रोकिएका छन्। यूएसएडका प्रवक्ता महेश भट्टराईले विज्ञप्ति जारी गर्दै हेल्थ डाइरेक्ट फाइनान्सिङ, एग्रिकल्चर, एजुकेसन, र समावेशी नीति परियोजना ९० दिनका लागि स्थगित भएको जनाएका छन्। यूएसएडले यो अवधिमा कुनै नयाँ दायित्व […]

मिटरब्याज पीडितहरूको न्यायका लागि जनकपुरधाममा सडक आन्दोलन

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । मिटरब्याज पीडितहरूको आर्थिक शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनकपुरधामबाट जनजागरण अभियानको शुरुवात गरेको छ। आज जनकपुरधामको सडकमा धर्ना बसेर अभियानको शुरुवात गरिएको हो, जसले सडक समेत अवरुद्ध बनायो। केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याजको मुद्दा अझै राज्यको प्राथमिकतामा नपरेको भन्दै आक्रोश व्यक्त गरे। उनका अनुसार, संसदमा कानून बने पनि […]