Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम

दुई करोड रुपैयाँ बराबरको अनलाइन जुवा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापका राजप्रकाश श्रेष्ठ (४८) र नुवाकोटका हरिचन्द्र भुजेल (२३) रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले ठूलो आर्थिक कारोबार भएको अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *