२७औँ भूकम्प सुरक्षा दिवस माघ २ गते मनाइने

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागले ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशव्यापी विविध कार्यक्रमहरूको आयोजना गरिने जानकारी गराएको छ। दिवसको मुख्य समारोह कीर्तिपुर नगरपालिका […]
नेप्से २५.४१ अङ्कले घट्यो, कारोबार रकममा पनि गिरावट

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ। आज सबै समूहको शेयर मूल्यमा गिरावट आएको छ। विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो […]
जय ट्रफी एलिट कप: मधेश प्रदेशलाई ८ विकेटले हराउँदै त्रिभुवन आर्मी फाइनल नजिक

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । जय ट्रफी एलिट कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। मधेशले दिएको झिनो २८ रनको लक्ष्य आर्मीले २ विकेटको क्षतिमा सहजै पूरा गर्यो। यसअघि, पहिलो ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको […]
सर्प व्यवस्थापन तालिम सम्पन्न

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम धनुषाको मिथिला बिहारी–३ (मिथिलेश्वर मउवाही) मा ३ दिने सर्प व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिथिला वाइल्डलाइफ ट्रस्टको आयोजनामा, सेभ द लाइभ्सको समन्वयमा र पिपल ट्रीको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो। तालिममा प्रशिक्षकहरू रोहित गिरी, सुबोध आचार्य र देव नारायण मण्डलले सर्प व्यवस्थापन सम्बन्धी आफ्नो उत्कृष्ट ज्ञान र […]
संघीयतामाथि प्रश्न उठ्यो भने संविधानमाथि प्रश्न उठ्छ: मन्त्री लेखी

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघीयता खारेज भए संविधान पनि खारेज हुने चेतावनी दिएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले संघीय संरचना खारेज हुँदा मुलुकको संविधानमाथि नै प्रश्न उठ्ने बताए। उनले भने, “अहिले एउटा समूहले तीन तहको संरचना बोझिलो भएको र विकृति बढेको भन्दै […]
जनकपुरधाममा लोकतान्त्रिक जवाफदेहितामा युवाको भूमिका माथि छलफल

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । जनकपुरधाममा युवा आवाजलाई लोकतान्त्रिक जवाफदेहिताको क्षेत्रमा सशक्त बनाउन ‘आर्टिभिजम कार्यक्रम’ आयोजना गरिएको छ। आयोजक संस्था कायापलटले कला र संवादमार्फत समुदायलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमको पहिलो सेसनमा “संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता?“ विषयमा गहन छलफल भएको थियो। राजनीतिक विश्लेषक मनोज साह, महिला नेतृ बिन्दु ठाकुर, […]
छैटौं जनकपुर साहित्य महोत्सव २०८१ को तयारी तीव्र, कथावाचन गोष्ठी

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । नव मिथिला फाउण्डेशनले छैटौं जनकपुर साहित्य महोत्सव २०८१ को तयारी तीव्र बनाएको छ। महोत्सवको मुख्य कार्यक्रम माघ २४ गतेदेखि २६ गतेसम्म जनकपुरधामको प्रसिद्ध राम मन्दिर परिसरमा आयोजना हुनेछ। महोत्सवको तयारीका क्रममा आजदेखि कथावाचन कार्यशाला गोष्ठी सुरू भएको छ। प्रसिद्ध बाल साहित्य विज्ञ राजीव धर जोशीको नेतृत्वमा आयोजित गोष्ठीमा शिक्षकहरूलाई […]
श्रीराम मन्दिर वार्षिकोत्सवका अवसरमा जनकपुरमा विशेष कार्यक्रम आयोजना हुने

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा आउँदो पुष २७ गते शनिबार विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। उत्सवका मुख्य आकर्षणहरू रंगोली प्रतियोगिता, दीप प्रज्ज्वलन, र श्रीराम मन्दिरको इतिहासबारे डकुमेन्ट्री प्रदर्शन रहनेछन्। विश्व हिन्दू परिषद् धनुषाका युवा प्रमुख मोहन हिन्दुका अनुसार, श्रीराम मन्दिर निर्माणमा भएको बलिदान र […]
माघ १ देखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ। यसअघि खाता खोल्न नागरिकता अनिवार्य चाहिने प्रावधानलाई परिवर्तन गर्दै राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा पनि खाता खोल्न सकिने व्यवस्था गरिएको हो। नेपाल राष्ट्र बैङ्कले यससम्बन्धी परिपत्र जारी गर्दै बैङ्क, वित्तीय संस्था, पूर्वाधार विकास बैंक […]
चीनमा एमपक्सका पाँच नयाँ सङ्क्रमित फेला, कङ्गोबाट आएका व्यक्तिबाट फैलिएको आशंका

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । चीनका स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोपको पुष्टि गरेका छन्। कङ्गोबाट आएका व्यक्तिहरूको सम्पर्कमा रहेका पाँच जना नयाँ सङ्क्रमितहरू फेला परेका हुन्। एएफपी समाचार संस्थाका अनुसार कङ्गोमा यस भाइरसले एक हजारभन्दा धेरै मानिसको ज्यान लिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले यस भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल […]