Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २८
गते , जनकपुरधाम

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ।

आज सबै समूहको शेयर मूल्यमा गिरावट आएको छ। विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

आजको कारोबारमा न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। यद्यपि, विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १ वटा कम्पनीका ८० करोड २१ लाख कित्ता शेयर जम्मा ३ अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएको छ।

सामाजिक फीड-
पुष २८
गते , जनकपुरधाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *