सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते ।
चीनका स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोपको पुष्टि गरेका छन्। कङ्गोबाट आएका व्यक्तिहरूको सम्पर्कमा रहेका पाँच जना नयाँ सङ्क्रमितहरू फेला परेका हुन्।
एएफपी समाचार संस्थाका अनुसार कङ्गोमा यस भाइरसले एक हजारभन्दा धेरै मानिसको ज्यान लिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले यस भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गर्दै त्यसलाई गत नोभेम्बरमा नवीकरण गरेको थियो।
एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरस हो, जसले ज्वरो आउने, मांसपेशी दुख्ने, छालामा फोका आउने लगायतका घातक लक्षणहरू देखाउँछ।
चीनले प्रकोप नियन्त्रण गर्न देशमा प्रवेश गर्ने मानिसहरूका लागि एमपक्स परीक्षणको व्यवस्था गरेको छ। डब्लूएचओका अनुसार सन् २०२२ देखि अहिलेसम्म १२० भन्दा धेरै देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन्।