Samajik Feed – News Portal from Nepal

लुम्बिनीका मुख्यमन्त्री महरासहित चार जनाले लिए शपथ

सामाजिक फीड, बुटवल, २५ चैत्र । जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरूबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । लुम्बिनी प्रदेशका ४८ सांसदहरूको हस्ताक्षरसहित […]

फ्रेन्डसिप कप: फाइनलमा नेपालद्वारा गुजरातलाई १७७ रनको लक्ष्य

भारत । नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १७७ रनको लक्ष्य दिएको छ । फ्रेन्डसिप कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल […]

कोशीमा सरकार परिवर्तनको पहल सुरु

सामाजिक फीड, विराटनगर, २५ चैत्र । केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि कोशीमा सरकार परिवर्तनको पहल सुरु भएको छ । कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्कीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले विकल्पका बारेमा छलफल सुरु गरेका हुन् । कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । तत्कालीन समयमा कांग्रेससँग विद्रोह गरेर […]

गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक : कांग्रेस

काठमाडौँ, २५ चैत्र । गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबीलाई स्वीकार गर्दै प्रदेश […]

खगराज अधिकारी बने गण्डकीको मुख्यमन्त्री

पोखरा, २५ चैत्र । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । उनले सभामुखसहितको मतलाई जोडेर पेश […]

आयरल्याण्ड वोल्भ्सद्वारा नेपाल ए लाई २८५ रनको लक्ष्य

सामाजिक फीड, काठमाडौँ, २५ चैत्र । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन […]

सरकारविरुद्ध सिंहदरबारअगाडि नेविसंघको प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र २५ गते । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ । जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । सिंहदरबार क्षेत्रमा नै प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको […]

सिरहामा मनि ट्रान्सफरको १५ लाखभन्दा बढी रकम लुटियो

सामाजिक फीड, सिरहा, २५ चैत। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटपाट भएको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्बर मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प […]

लागुऔषधसहित तीन जना पक्राउ युवा प्रहरी नियन्त्रणमा

सामाजिक फीड, सिरहा २५ चैत। सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सिरहाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.वर्ष ३८ का रामएकवाल गिरी, लहान नगरपालिका १९ छर्रापट्टिका वर्ष २४ का संतोषकुमार साह र कटहा चौक बस्ने वर्ष २५ का शिवनाथ महतोलाई प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित नियन्त्रणमा […]

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सामाजिक फीड, काठमाडौँ, २५ चैत । नेपाली बजारमा सुनको भाउले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार […]