Samajik Feed – News Portal from Nepal

धनुषामा घरेलु र सामाजिक हिंसाका घटनामा वृद्धि

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । धनुषा जिल्लामा घरेलु र सामाजिक हिंसाका घटनाहरू गम्भीर र संवेदनशील विषय बनेका छन्। यी घटनाहरूले समाजको स्वास्थ्य, विकास, र समृद्धिमा नकारात्मक प्रभाव पारिरहेको छ। घरेलु हिंसा वृद्धिघरेलु हिंसाका घटनाहरूमा पछिल्ला तीन वर्षमा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ८३५ उजुरी दर्ता भएकोमा […]

११ हजार किशोरीलाई एचपिभी खोप

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११,५५५ जना किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सर (एचपिभी) को खोप लगाइने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार महिलाको पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न यो खोप अभियान सञ्चालन गरिने छ। जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष १० पालिकाका कक्षा ६ देखि […]

मटिहानी नगरपालिकामा सातौँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। मटिहानी नगरपालिकामा नगर स्तरिय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आज मंगलबार सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा गरेका थिए। प्रतियोगिता मटिहानी नगरपालिका वडा नं. ०६ स्थित मटिहानी रंगशालामा आयोजना भइरहेको छ, जसमा नगरपालिका अन्तर्गतका ५ माध्यमिक […]

अर्धनग्न अवस्थामा युवकको शव फेला

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । सोनमा गाउँपालिका वाड नम्बर २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि […]

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ५५ सय विद्युतीय गाडी आयात

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको पहिलो ६ महिनासँग […]

राष्ट्रपतिद्वारा माघ १८ गतेका लागि संसद्को हिउँदे अधिवेशन आह्वान

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ १८ गते शुक्रबार सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ। नेपालका संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा यो निर्णय लिइएको हो। यसअघि, हिजोको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो। सरकारको सिफारिशका आधारमा माघ १८ गते दिउँसो १ […]

राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम र सालिक उपलब्ध गराउन आग्रह

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजाति समुदायका आदिकविहरूको नाम र सालिक उपलब्ध गराउन आग्रह गर्नुभएको छ। शीतल निवासमा आज आयोजित कार्यक्रममा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले उक्त सुझाव दिनु भएको हो। राष्ट्रपति पौडेलले आयोगलाई मगर, राई लगायत अन्य आदिवासी जनजाति समुदायका विभिन्न जातिहरूका आदिकविहरूको […]

सरस्वती पूजाले कुम्हार समुदायको पेशामा पुनर्जागरण

सामाजिक फीड-जनकपुरधाम, माघ ७ गते । जनकपुरधाममा सरस्वती पूजाको चहलपहलले कुम्हार समुदायको परम्परागत पेशालाई पुनर्जागरणको अवसर प्रदान गरेको छ। धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण यस पर्वका लागि सरस्वती मूर्तिहरूप्रति स्थानीयबासीको माग बढेको छ। कुम्हार समुदायका कलाकारहरूले परम्परागत शैलीलाई आधुनिकताको साथ मिश्रण गर्दै आकर्षक मूर्तिहरू तयार गरेका छन्। स्थानीय बजारहरूमा यी मूर्तिहरूको माग तीव्र रूपमा बढेको […]

आईसीसी १९ वर्षमुनिको महिला टी-२० विश्वकपमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित

सामाजिक फीड-जनकपुरधाम, माघ ७ गते । आईसीसी १९ वर्षमुनिको महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको छ। मलेसियाको बाङ्गीमा भएको खेलमा नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो। स्कटल्यान्डकी पिपा स्प्रोलले ३५ रन बनाउँदै महत्वपूर्ण योगदान दिइन्। नेपालकी रचना चौधरी र सिमाना केसीले समान […]

उपभोक्ता समितिबाट ५० लाखसम्मका योजना कार्यान्वयनका लागि संकल्प प्रस्ताव पेश

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । मधेश प्रदेशसभामा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधनका लागि संकल्प प्रस्ताव पेश गरिएको छ। बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुला प्रतिस्पर्धाबाट मात्र योजना कार्यान्वयन गर्ने व्यवस्था गरिएको थियो, जसले उपभोक्ता समितिबाट काम गर्न बाधा पुर्याएको भन्दै उक्त बुँदाको संशोधन माग गर्दै संकल्प प्रस्ताव पेश भएको हो। सत्ता […]