Samajik Feed – News Portal from Nepal

पतञ्जलीले माग्यो माफी, ६७ पत्रिकामा ‘माफी विज्ञापन’

सामाजिक फीड, भारत । बाबा रामदेवको पतञ्जलीमा पछिल्लो समय समस्या बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा माफी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी […]

नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौँ, ११ वैशाख । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाइ गरेको थियो । मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि […]

कस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका ?

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति […]

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको मृत्यु

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने […]

आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन […]

वैशाख २६ गते बोलायो एकीकृत समाजवादीले स्थायी कमिटी बैठक

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको हो।  बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ । स्थायी कमिटी बैठकले […]

जनकपुरमा सिद्धार्थ बैंकले सरसफाइ गर्दै पृथ्वी दिवस मनाइयो

सामाजिक फीडजनकपुरधाम , बैशाख १० गते । सिद्धार्थ बैंकको जनकपुर शाखाले सरसफाई गरी विश्व पृथ्वी दिवस मनाएको छ । सोमवार विहान गंगासागर र यसका वरिपरि सरसफाई गर्दै बैंकका कर्मचारीले उक्त दिवस मनाएका हुन् । प्लास्टिकको प्रयोग हानिकारक रहेको देखाउँदै कर्मचारीले गंगासागरमा “सामुदायिक सरसफाई कार्यक्रम” आयोजना गरेको बैंकका कर्मचारी कृष्ण साहले बताए । ‘पृथ्वीको रक्षा गर्न […]

महोत्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सामाजिक फीड, महोत्तरी, १० वैशाख । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बा. प्र. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

अबदेखि देशभरका हुलाक कार्यालय शनिबार बाहेकका सार्वजनिक बिदामा पनि खुल्नेछ

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । देशभरका हुलाक कार्यालय शनिबार बाहेकका सार्वजनिक बिदामा पनि खुल्ने भएका छन् । मन्त्रिपरिषद्को ६ वैशाखमा बसेको बैठकले शनिबार बाहेक अन्य सार्वजनिक विदाका दिनहरुमा पनि कार्यालय खुला रहने गरी विदा मिलाउन स्वीकृति दिएको हो । अत्यावश्यक कागजहरु पुर्‍याउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको गोश्वारा हुला कार्यालयले जनाएको छ । हुलाक […]

इजरायली सैन्य गुप्तचर प्रमुखले अक्टोबर ७ असफलताको कारण दिए राजीनामा

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । इजरायली सैन्य गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले अक्टोबर ७ मा भएको हमासको आक्रमण रोक्न असफल हुनुको जिम्मेवरी लिदै राजीनामा दिएका छन्। आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ । samajik_feedsamajikfeed.com